
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको सार्वजनिक शैक्षिक गुठी कोहलपुर माध्यामिक विद्यालयमा भएको तीज विशेष नृत्य प्रतियोगिता २०८२ मा कक्षागत गरी १३ जना प्रथम भएका छन् ।
सोमबार भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झगु गरीको सभापतित्व तथा गुठी सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद लम्सालको प्रमुख अतिथ्यितामा नृत्य प्रतियोगिता गरिएको हो ।
नृत्य प्रतियोगितामा ३८ जनाले कक्षागत रुपमा प्रथम द्धितीय, तृतीय भएका छन् । जसमध्ये नर्सरी, एलकेजी, यूकेजी, कक्षा १ देखि कक्षा १० सम्मका बालबालिकाहरुले भाग लिएका थिए ।

जसमा प्रथम हुनेहरुमा नर्सरी (A) का सुप्रिया देवकोटा, नर्सरी (B) का सुर्दशन आचार्य, एलकेजीमा अर्चना थापा, यूकेजी (A) मा दिक्षा शाह, यूकेजी (B) मा विवेक चौलागाई रहेका छन् ।
यस्तै कक्षा १ मा प्रथम हुनेमा सोनम खड्का, कक्षा २ का नविका कार्की, कक्षा ३ का गोनिस्टार मल्ल, कक्षा ४ का कृष्टा खड्का, कक्षा ५ (A) का आस्था शाही, (B) का राधा मल्ल भएका थिए ।

यस्तै निमावि तहमा प्रथम हुनेमा चन्द्रिका बुढाक्षेत्री, मावि तहमा समिक्षा रिजाल रहेका छन् । तीज विशेष नृत्य प्रतियोगिता २०८२ मा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले तीज नृत्यमा भाग लिएका थिए ।
यस्तै कार्यक्रममा विद्यालयका प्राध्यानापक शंख न्यौपाने, गुठी सञ्चालक समितिका सहसचिव कृष्ण कुमारी चालिसे, विव्यस सदस्य राजु भुषाल लगायत कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीको समेत उपस्थित रहेको थियो ।



कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्