
काठमाडौँ । नेपालले सन् २०२५ को डिसेम्बरमा बाघको गणना गर्दैछ ।
प्रत्येक ४/४ वर्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको गणना गर्दै आएको हुँदा यस वर्ष आगामी डिसेम्बरमा बाघको गणना गर्न लागेको हो ।
नेपालमा बाघ चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती र आसपासका क्षेत्रमा बाघ भेटिने गरेको छ । पछिल्लो सन् २०२२ को तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्