विप्लव नेतृत्वको नेकपा सहित ६ पार्टी र २ मोर्चाले जिल्ला प्रशासन कार्यालय घेराउ




मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ।संसदबाट पास गर्न लागिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनिती पार्टी र २ मोर्चाले बिहिवार जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन सहित घेराउ गरेका हुन् ।

उक्त बिरोध पर्दशनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सडकबाट सुरु गरेको आन्दोलन सिंहदरबार, सांसद भवन, अमेरिका सम्म पुगेको बताए ।

एमसिसी खारेज नभए नेपालमा तेस्रो जनआन्दोलन सुरु हुने र उक्त आन्दोलनमा नेपालको बर्तमान संसदीय व्यवस्थाको अन्त्य गरी बैज्ञानिक समाजवादको स्थापना गर्दै नेपालमा शिक्षा, स्वास्थ, रोजगारी नि:शुल्क उपलब्ध हुने उनले बताए।

उनका अनुसार बैज्ञानिक समाजवादमा किसानहरुको लागी जमिनहरु नि:शुल्क दिने र ठुला उद्योगहरुमा किसान मजदुरहरुको पनि लगानी हुने चलाउनेले बताएका छन। उक्त बिरोध सभालाई विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीति पार्टी र २ मोर्चाका नेताहरूले सम्बोधन गरेको थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १२ गते बिहीबार