
कोहलपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) बाँकेको आयोजनामा भएको अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा माध्यामिक विद्यालयतर्फ वेष्टर्न र आधारभूत विद्यालयतर्फ जुनियर आइन्सटइन प्रथम भएको छ ।
शनिबार नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लको अध्यक्षता तथा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा भएको अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा मावि र आवि गरी दुई तहमा प्रतियोगिता भएको थियो ।

तीज नृत्य प्रतियोगिताको व्यवस्थापन वेस्टर्न सेकेन्डरी स्कुल कोहलपुरले गरेको थियो । माध्यमिक विद्यालय तर्फ (९-१२) प्रथममा वेष्टर्न सेकेन्डरी स्कुल कोहलपुर-५, द्धितीयमा जनज्योति पब्लिक हाइ स्कुल कोहलपुर-२, तृतीयमा पञ्चमुखी ईमि स्कुल कोहलपुर -५ र नोवल ईमि स्कुल बैजनाथ सान्त्वना भएको छ ।
यस्तै आधारभूत विद्यालय तर्फ (५-८) प्रथममा जुनियर आइन्सटाइन ईमि नेपालगञ्ज, द्धितीयमा ब्राइटहोप स्कुल नेपालगञ्ज र ड्रिमल्याण्ड स्कुल नेपालगञ्ज, तृतीयमा फूलबारी ईमि स्कुल कोहलपुर र लिटिल फ्लावर स्कुल खजुरा र सान्त्वनामा स्काईल्याण्ड ईमि स्कुल बैजनाथ भएका छन् ।
प्रतियाेगितामा ४२ विद्यालय सहभागि भएका थिए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले कोहलपुरलाई शैक्षिक हवका रुपमा विकसित हुँदै गएको जिकिर गरिन् । नगरपालिकाले लिएको निति तथा कार्यक्रमलाई सफल बनाउन नीजी विद्यालयहरुको अहम भूमिका रहेको भन्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।
आगामी दिनमा एन प्याब्सनलाई पालिकाबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । हरितालिका तीजको अवसरमा खरुको देखासीकिमा हुने घटना, र अन्य जो कसैले पनि देखावटी नगर्ने अनुरोध गर्दै प्रतियोगितामा सहभागिता जनाउनुभएका सबै बालबालिकाहलाई अग्रिम बधाई समेत दिएकी थिइन् ।

यस्तै एन प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लले अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण विद्यालयहरुलाई धन्यवाद दिँदै आगामी दिनमा नेशनल प्याब्सन बाँकेका विभिन्न गतिविधिमा शत प्रतिशत सहभागिता लागि अनुरोध गरे ।
यस्तै तीज नृत्य प्रतियोगितामा लक्ष्मी आचार्य र सागर दहितले मुल्याकंनकर्ताको रुपमा रहेका थिए ।
कार्यक्रममा एन प्याब्सन केन्द्रिय उपाध्यक्ष कुसुम रानाभाट, केन्द्रिय सचिव श्याम कुँवर, केन्द्रिय काेषाध्यक्ष कुवेर बस्नेत, केन्द्रिय उपमहासचिव बामदेव न्याैपाने, प्रदेश सह–कोषाध्यक्ष कमल पछाई, एन प्याब्सनका बाँकेका सचिव बेगम चन्द, कोहलपुर नगर अध्यक्ष विष्णु केसी, बैजनाथ गाउँपालिकाका कमानसिंह थापा, राप्तीसोनारीका अध्यक्ष सागर दत्त गौतम र सह-सचिव प्रकाश प्रकाश मल्ल लगायत पत्रकारहरुको उपस्थित भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्