बाँकेमा ८५ किलोमिटर सडक निर्माण




बाँके। बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् ।

सडक पूर्वाधार कार्यालयका प्रमुख दीपक खड्काले आव २०८१/०८२ ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए । उनले सबैभन्दा बढी नेपालगन्ज, खजुरा र बैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताए ।

सडक बनाउन रु २१ करोड खर्च भएको जानकारी पनि उनले दिए । सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ ।

सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी ११ दशमलव ५४ किलोमिटर ढल, ५ दशमलव ३९ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको कार्यालय प्रमुख रामआत्रेय शाहले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार