मेष :तपाईंलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्।
वृष : सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ। विभिन्न अवसरहरूले तपाईंको पछ्याइँ गर्नेछन् र कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ।
मिथुन: नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्वपूर्ण कार्य गरेर तपाईं प्रतिष्ठा, पुरस्कार र सम्मान कमाउनुहुनेछ। पारिवारिक भेटघाटले खुशी ल्याउनेछ।
कर्कट : काममा सुधार आउनेछ र पहिले असमर्थ देखिएका कामहरू सफल हुनेछन्, जसले उत्साह बढाउनेछ। एउटै कामबाट दोहोरो फाइदा प्राप्त हुनेछ। समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ।
सिंह : परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। तपाईंको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ।
कन्या : तपाईंका प्रशंसकहरू बढ्नेछन् र सम्मान पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ र तपाईंको सहयोगीहरूको समर्थनले व्यवसायमा ठूलो फाइदा ल्याउनेछ।
तुला : अध्यान र अध्यापनमा प्रगति हुनेछ। तपाईंको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ र तपाईं सजिलै कामहरू पूरा गर्न सक्नुहुनेछ। रमाइलो यात्राको योग रहेको छ।
वृश्चिक: विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर मिल्नेछ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ।
धनु : तपाईंको क्षेत्रमा प्रभुत्व जमाउने समय आएको छ। पैत्रिक सम्पत्तिको प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी तपाईंलाई मिल्नेछ।
मकर : विगतका कमजोरीहरू सुधार्ने अवसर पाइनेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ।
कुम्भ: सुरुमा केही खर्च लागे पनि तपाईंले सोचेका कार्यहरू सफल हुनेछन्। व्यवसायमा लगानी बढाउने अवसर आउन सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने सम्भावना छ।
मीन : तपाईंलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर प्राप्त हुनेछ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्