Kohalpur Today Header Ads

वेस्टर्न ई.मी.स्कुुलद्धारा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुुखीकरण




कोहलपुर । कोहलपुर नगरपालिका ५ मा रहेको वेस्टर्न ई.मी.स्कुुलले नवआगन्तुक विद्यार्थीलाई स्वागत अभिमुुखीकरण कार्यक्रम गरेको छ । शुक्रबार कोहलपुर नगरपालिका ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यता तथा वेष्टर्न ईमी स्कुलका संस्थापक कुुबेर बस्नेतको सभापतित्वमा स्वागत तथा अभिमुुखीकरण कार्यक्रम गरिएको हो ।

LIfe Ok

कार्यक्रममा कोहलपुर नगरपालिका ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रममा बोल्दै कोहलपुरलाई शैक्षिक हव बनाउने संकल्पका साथ अगाडी बढिरहेको बताए । कोहलपुरमा यस विद्यालयले गत शैक्षिक सत्रमा गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरी शत प्रतिशत विद्यार्थी उर्तिण भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

यस विद्यालयले वेष्टर्न कलेज समेत सञ्चालन भएको प्रति हार्दिक आभार व्यक्त गरे । कोहलपुरमा पनि विविए अध्ययन गर्ने बालबालिकाहरुले प्रभावकारी र गुणस्तरीय शिक्षा पाउने उनले विश्वास व्यक्त गरे ।

शैक्षिक सत्र २०८२ मा यस विद्यालयमा कक्षा ११ का यति धेरै विद्यार्थी अध्ययन गर्न आउनु राम्रो पक्ष हो जसलाई विश्वास, दृढर्तापूर्वक, निरन्तर लागिरहेका कुवेर सरको योग्दानलाई कदर गर्दै आगामी दिनमा वेस्टर्न ईमी स्कुललाई वडा, पालिका र अन्य क्षेत्रबाट समेत हुने सहयोग पूर्ण रुपमा गर्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वेष्टर्न ईमी स्कुलका संस्थापक कुुबेर बस्नेतले आफू र आफ्नो परिवार निकै खुसी भएको बताए । कक्षा ११ मा नयाँ भर्ना हुनुभएका विद्यार्थी भाइबहिनीहरुले देखाएको उर्जा, अनुशासन, विद्यालय भित्र गरिने क्रियाकलाप लगायत अन्य गतिविधिहरुलाई सहजताका साथ लिनुहुने छ भन्ने विश्वास लिएको बताए ।

‘एउटा कक्षा कोठामा ४० भन्दा बढि विद्यार्थी राखेका छौं,’ उनले भने, ‘गुणस्तरीय र प्रभावकारीता दिन यस्तो योजना ल्याएका छौं ।’ जसलाई विद्यालयका प्रिन्सिपल उमेश कुमार श्रेष्ठ, कोडिनेटर राजु दहाल, अभिभावक, शिक्षक, कर्मचारी लगायत विद्यार्थीहरुले विद्यालयको नियम, अनुशासन र प्रशासनको अधिनमा गर्नुभएको महेनत, परिश्रम, लगनशितलालाई मुल्याङ्कन गरेको संस्थापक बस्नेतले बताए । आगामी दिनमा यस्तै सहयोग र सुझाव दिनुहुनेछ भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रम कक्षा १० का निकिता लम्साल र सुजल ढकालले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल उमेश कुमार श्रेष्ठले दिएका थिए भने विभिन्न साँस्कृति नृत्य प्रस्तुत गरिएको थियो ।

कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई मोटिभेशनल स्पिकर रविकिरण श्रेष्ठले विद्यार्थीका हुनुपर्ने योजना, अभिभावक प्रतिको सद्भाव, प्रेरणा, अध्ययनमा लगनशिल र महेनत जस्ता विषयहरुलाई लिएर विभिन्न कथा, भावुक बनाउँदै उत्प्रेरित गरेका थिए ।

कार्यक्रममा विनोद न्यौपाने,। टेक बहादुर सुनार, भूमिका घर्ति मगर, प्रज्वल शर्मा, प्रसुराम शर्मा, अनिल थारु, मिरा अर्जेल, लक्ष्मी सिंह ठकुरी, वेस्टर्न ईमी स्कुलकी निम्न माविकी इन्चार्ज उशा शाही, प्रावितहकी इन्चार्ज गोमा श्रेष्ठ लगायत पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार