संस्थागत विद्यालयलाई नामेट पार्ने सरकारको योजना असफल बनाउन प्याब्सनले सुरु ग¥यो देशव्यापी आन्दोलन




काेहलपुर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानहरू निजी विद्यालयहरूको लागि स्वीकार्य नहुने भन्दै देशभर आन्दोलन सुरु गरेको छ ।

साउन २७ गते केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिमार्फत आन्दोलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार देशभरका अध्यक्ष र पालिका शिक्षा शाखा प्रमुखहरूलाई ज्ञापन पत्र बुझाइएको प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जनाकारी दिएका छन् ।

अधिकारीका अनुसार समयसीमाभित्र आन्दोलन, सचेतना कार्यक्रम, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट समाधान नआएमा विद्यालय बन्दसम्म गर्ने सकिने बताएका छन् ।

सोही अन्तर्गत प्याब्सन कोहलपुरका अध्यक्ष रमेश खत्री र सचिव मित्रलाल वलीको संयुक्त हस्ताक्षर गरिएको ध्यानाकषर्ण पत्र कोहलपुर नगरपालिकामा समेत कार्यवहाक नगर प्रमुख संगिता सुवेदी र शिक्षा शाखाका प्रमुख राम बहादुर हमाललाई हस्तान्तरण गरेका थिए ।

खत्रीले तत्काल सच्याउनुपर्ने ४ वटा विषय राखेको र  जसमध्ये  निजी विद्यालयहरूलाई क्रमश गैर नाफामूलक बनाईनेछ भन्ने वाक्याशं हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्याची सख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिने, र  छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने मागहरू राखेका छन् ।

प्याब्सनले भोलि (साउन ३०) जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय कार्यालयमा ज्ञापन पत्र बुझाउनेछ । भाद्र १ गते मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रालय, भाद्र २ गते सङ्घीय सांसदहरूलाई ज्ञापन पत्र बुझाइनेछ । साथै, भाद्र ३ देखि ५ गतेसम्म पालिका, जिल्ला र प्रदेशस्तरीय समितिहरूले आन्दोलन तयारी बैठक सञ्चालन गर्नेछन् ।

भाद्र ६ र ७ गते केन्द्र र प्रदेश स्तरमा सरोकारवालासँग अन्तक्र्रिया गरी आन्दोलन कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरिएको एन प्याब्सनका अध्यक्ष शुभाष न्यौपानले जानकारी दिए ।

यस्ताे छ ज्ञापन पत्र 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार