Kohalpur Today Header Ads

कोहलपुरमा मानब बेचविखन विरुद्धको जनचेतना अभियान




कोहलपुर ।

कोहलपुर नगरपालिकामा युवाहरुले मानव बेचविखन विरुद्धको जनचेतना अभियान सञ्चालन गरेको छ । कोहलपुर नगरपालिकामा विभिन्न बाहानामा पछिल्लो समय मानव बेचबिखनका घटना बाहिर आउन थालेपछि मानवबेचबिखन बिरुद्धको जनचेतना अभियान सञ्चालन गरेको हो ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवको आयोजनामा कोहलपुर नगरपालिकामा बाल क्लब, युवा क्लबका बालबालिकाहरु मानव बेचबिखनको दृष्टिकोणमा अत्यन्तै जोखिममा परेकोले यो अभियान सञ्चालन गरिएको हो ।

LIfe Ok

युनेस्को क्लबकी फिल्ड सुपरभाइजर आशा गुरुङले सामुदायिक विद्यालयका किशोरकिशोरी समुहलाई सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइन् । उनका अनुसार सो तालिम तीन दिनसम्म चल्नेछ । बुधबारदेखि तालिम सुरु भएको थियो ।

सो तालिमको सहजकर्ता जे पाण्डे रहेका थिए भने कोहलपुर नगरपालिका बालबालिका शाखा कार्यालय शाखा अधिकृत घटना शाह, प्लान इन्टरनेशनल नेपालगञ्जका परियो्जना अधिकृत सन्तोष पुलामी, युनेस्को क्लब बाँकेका परियोजना अधिकृत विनीता आर्सीको उपस्थित भएको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १२ गते बिहीबार