
कोहलपुर । बैजनाथ गाउँपालिका—१ माथिल्लो गाभरमा विद्युतको तार बेवारिसे अवस्थामा फालेपछि ९ वर्षकी नावालक मनिसाको मृत्यु भएको छ । चिसापानी प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी निरीक्षक (इन्सिपेक्टर) रविन्द्र अधिकारीका अनुसार करेन्ट लागेर ९ वर्षिय नाबालकको मृत्यु भएको बताए ।
कोहलपुर टुडेसंगको कुराकानीमा प्रहरी निरीक्षक (इन्सिपेक्टर) अधिकारीले शुक्रबार करिब दिउँसो ४ बजेतिर चन्द्र बहादुर राजकोटीको घरको अगाडी वेवारिसे अवस्थामा फालिएको अवस्थामा रहेको विद्युतको नाङ्गो तारले मनिसा बुढाको घटना स्थलमा नै मृत्यु भएकोे बताए । मनिसा रारा माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत गर्थिइन् ।
शुक्रबार छिटो विदा भएको र सोही समयमा चन्द बहादुर राजकोटीको घरको अगाडी बेलउती छ, बेलउती झरेको खान जान खोज्दा वेवारिसे अवस्थामा विद्युतको तार फालिएको देखिन्छ घटनास्थलमा खटिएका इन्सपेक्टर अधिकारीले भने । त्यसदिन पानी परेको थियो तर पानी नपर्दा समेत सुकेको खर छ, सो खरमा नै विद्युतको नाङ्गो तार छ । जो कोहीले पनि झ्याप्प हेर्दा छुट्याउन नसक्ने उनको भनाई थियो ।
विद्युतको पोलबाट मिटर बक्समा लिएरको देखिन्छ र सोही मिटर बक्सबाट बाहिर फलफूल नखाउन भन्ने उद्देश्यले विद्युतको नाङ्गो तार राखेको प्रारम्भिक अनुसन्धानले खुलेको छ । राजकोटीको घरमा बेलउती र कागती लगायतका फलफुल रहेका छन् ।
मृतक मनिसा बेलउती खान जाने क्रममा उनको घाँटीमा हल्का करेन्ट लागेको र त्यसपछि दायाँ हातले करेन्ट भएको तारलाई समातेको देखिन्छ । मृतकको पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको इन्पेक्टर अधिकारीले बताए ।
मृतकका आफ्न्तले इलाका प्रहरी कार्यालय काेहलपुरमा मनिकला राजकोटीलाई किटानी जाहेरी दिएका छन् । आफ्न्तका अनुसार जो कोहीलाई मार्ने उद्देश्यले जाल राखेको बताएका छन् । मनिसा नभएपनि अन्य व्यक्ति पक्कै मार्ने उद्देश्यले राखेको आफ्न्तहरुको निष्कर्ष छ । किटानी जाहेरीपछि मनिकला राजकोटीलाई हिरासतमा लिइ अनुसधान सुरू गरिएकाे इलाका प्रहरी काेहलपुरले जनाएकाे छ । चन्द बहादुर राजकाेटीकी श्रीमति मनिकला राजकोटी हुन् ।
सच्याइएकाे : मनिकला राजकाेटी हुनुपर्नेमा चन्द बहादुर राजकाेटी भएकाेमा सच्याएकाे छ । स.
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्