
डिल्ली शाही, कोहलपुर । कोहलपुर नगरपालिका भित्र सञ्चालित ४९ वटा संस्थागत विद्यालयहरुले ५ हजार बढि विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन् । कोहलपुर नगरपालिकाले शुक्रबार संस्थागत विद्यालयहरुले प्रदान गरेको छात्रवृत्ति विवरण सार्वजनिक गरेको हो ।
विद्यालयहरुले जेहेन्दार, द्वन्द्व पिडित, विपन्न, असहाय, महिला, आदिवासी जनजाति, दलित, मधेशी, अपाङ्गता र पिछडिएका समूदायका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
चालू आर्थिक वर्ष २०८२ मा नयाँ भर्ना भएका कक्षा नसर्रीदेखि कक्षा १० सम्म अध्ययन गर्ने कुल बालबालिकाहरु मध्ये १८ प्रतिशत बढि बालबालिकाहरुलाई छात्रवृत्ति विवरण सार्वजनिक गरेको छ ।
कोहलपुर नगरपालिकामा भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा कुल २६ हजार ४७ जना विद्यार्थी अध्ययरत छन् भने छात्रवृत्तिमा पाउनेमा पाँच हजार १ सय २७ जना विद्यार्थीले रहेका छन् । जसमध्ये जेहेन्दारमा १ हजार ४ सय ५१ जना, द्वन्द्व पिडितमा ९४ जना, विपन्न असहायमा ९ सय ९५ जना, महिलामा ६ सय ९३ जना, आदिवासी जनजातिमा ७ सय ३६ जना, दलितमा १ सय ४६ जना, मधेशीमा ४ सय ४०, अपाङ्गतामा ६४ र पिछडिए समूदायका १ सय ६८ जना बालबालिकाहरुले छात्रवृत्ति प्राप्त गरेका छन् ।
अन्य नेपाल एपिएफ स्कुलका २३३ र बालज्योति मावि कोहलपुरमा १०७ जना नेपाल आर्मीका सन्ततिलाई समेत आंशिक छात्रवृति प्रदान गरिएको छ ।
संस्थागत विद्यालयहरुका अभिभावक र विद्यार्थीहरुको आकर्षणको केन्द्रविन्दु निर्माण गरेका छन् । ४९ वटा विद्यालयहरुले करिब १० करोड २५ लाख भन्दा बढि रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको देखिन्छ । कोहलपुर नगरपालिकामा भएका एन प्याप्सन, प्याब्सन र क्रिसा बाँकेमा आबद्ध भएका संस्थागत विद्यालयहरुले छात्रवृति प्रदान गरेका हुन् ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीका अनुसार प्रचलित नियमानुसार प्रदान गर्नुपर्ने छात्रवृत्ति प्रदान गरिरहेका संस्थागत विद्यालयहरुको तथ्थांक संकलन गरेको बताए । ‘तथ्थांक संकलन गरी आमाबुवाको नाम र विद्यालयको प्रिन्सिपलहरुको नम्बर सहित सूचना जारी गरेका छौं,’ उनले भने, ‘कस्ता व्यक्तिहरुले छात्रवृत्ति प्रदान गरिरहेका छन् ? भन्ने थाहा हुन्छ ’ जसले आगामी दिनमा बाहिरबाट कोहलपुरमा अध्ययन गर्ने आउने बालबालिकाहरुलाई सेवा र सुविधाका विषयमा प्रष्ट भएर आउने प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए ।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले सामाजिक सञ्जाल मार्फत शैक्षिक अभियानलाई विधिसम्मत बनाउने तथा सामाजिक दायित्व पूरा गर्न सहयोग गर्ने क्रिसा, प्याब्सन, एन प्याब्सन तथा सबै संस्थागत विद्यालयप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
नगरपालिकाकाे सूचना यस्ताे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्