सात लाख रुपैयाँसम्मको आवास ऋण सहयोग दिँदै कोहलपुर (सूचना सहित)




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले विपन्न र अति विपन्नका लागि सात लाख रुपैयाँसम्मको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

विपन्न र अति विपन्न नगरवासीको आवासीय अवस्था सुधार गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले नयाँ घर निर्माण तथा मर्मत गर्न सात लाख रुपैयाँसम्मको आवास ऋण सहयोग उपलब्ध गराउने भएको हो । नगरपालिका, लुमन्ती र एनएमबी बैंकको सहकार्यमा सञ्चालित ‘आवास निर्माण कार्यक्रम’ अन्तर्गत यस्तो सुविधा ल्याएको हो ।

नगर कार्यपालिकाको कार्यालयद्वारावडा नम्बर १ देखि १५ सम्मका सबै वडाध्यक्षलाई सूचनासमेत पठाइएको छ । नगरस्तरीय कार्यक्रममार्फत घर नहुने, जीर्ण घरमा बसोबास गरिरहेका वा आर्थिक अभावका कारण घर मर्मत गर्न नसकेका नगरवासीहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो ।

ऋणका लागि इच्छुक सेवाग्राहीहरूले टोल विकास संस्थाको सिफारिस, सम्बन्धित वडा कार्यालयको सिफारिस, जग्गा धनी प्रमाण (लालपुर्जा), नागरिकताको प्रतिलिपि, घर निर्माण गर्न लागिएको नक्सा र आवेदकको फोटो आवश्यक पर्नेछ । निवेदन दिनको अन्तिम मिति २०८२ साल साउन मसान्तसम्म तोकिएको छ ।

यस्ताे छ सूचना

 

सच्याइएकाे : सात लाख हुनुपर्नेमा १ लाख भएकाेमा सच्याइएकाे छ । स.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार