कोहलपुर । नेपाल सरकारको गत आ.व. २०८१/८२ मा ४ खर्ब ५६ अर्ब ६३ करोड रुपैयाँ बराबर ऋण लिएको छ । यससँगै सार्वजनिक ऋणभार २६ खर्ब ६९ अर्ब ५७ करोड पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अघिल्लो आव २०८०/८१ को अन्तिमसम्म सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब ४८ करोड थियो । गत आव सार्वजनिक ऋण २ खर्ब ३१ अर्ब ८ करोडले बढेको छ । गत आव सरकारले सार्वजनिक ऋणको साँवा भुक्तानीमा २ खर्ब ९२ अर्ब ४८ करोड खर्च गरेको तथ्थांक सार्वजनिक गरेको छ ।
यस आवमा विनिमय दरमा आएको उतार–चढावका कारण ६६ अर्ब ९३ करोड बराबर ऋणभार थप भएको छ । सार्वजनिक ऋणमा आन्तरिक ऋण हिस्सा १२ खर्ब ६३ हर्ब ६ करोड र वाह्य ऋण दायित्व १४ खर्ब १ अर्ब ३५ करोड छ ।
भ्यालुएसन एडजस्टमेन्ट बन्ड (अन्तर्राष्ट्रिय मुद्रा कोष) को दायित्व ५ अर्ब १९ करोड रहेको समेत कार्यालयले जनाएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा कुल सार्वजनिक ऋण ४३.७१ प्रतिशत पुगेको छ । जीडीपीको तुलनामा आन्तरिक ऋण हिस्सा २२.१४ प्रतिशत र वाह्य ऋण हिस्सा २४.५६ प्रतिशत पुगेको देखिन्छ ।
प्रतिव्यक्ति ऋणभार ९१ हजार
नयाँ सार्वजनिक ऋणको आँकडा अनुसार प्रतिव्यक्ति ऋणभार ९१ हजार ५ सय ३४ रुपैयाँ पुगेको छ । कुल सार्वजनिक ऋण साढे २६ खर्बलाई २०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनामा भाग लगाउँदा प्रतिव्यक्ति ऋणभार यति देखिएको हो । गत आव अन्त्यसम्म प्रतिव्यक्ति ऋणभार ८३ हजार ६ सय ११ रुपैयाँ थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्