Kohalpur Today Header Ads

नगरका किसान लाई प्रोत्साहन गर्न सधै तत्पर रहने : नगर प्रमुख शाह




कपिलवस्तु ।

बगरखेती विस्तार कार्यक्रम अन्तर्गत ०७८/७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं १ डिहवाका बगरखेती मा संलग्न किसानलाई प्रोत्साहन गरिएको छ l

बगरखेती विस्तार कार्यक्रममा संलग्न डिहवाका कृषक लाई लहरेबाली सम्बंधित बिउ, विभिन्न प्रकारका बिषाधी,कम्पोस्ट मल तथा आटोमेटिक स्प्रे ट्यांङकी वितरण गरिएको कृष्णनगर नगरपालिका कृषि शाखाका अधिकृत सुदिप कुमार मौर्य ले जानकारी दिनुभयो l

LIfe Ok

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत चन्द राम चौधरी, वडा अध्यक्ष तुङ नाथ चौधरी लगायत अन्यको उपस्थितमा सामग्री वितरण गरिएको थियोl

कृष्णनगर नगरपालिकाले कृषि पेशामा रहेका कृषक लाई विभिन्न समयमा बलफूल विरुवा वितरण, पानी तान्ने पम्पसेट वितरण, गहुँको बिउ, धानको बिउ, अनन्त तरकारी को बिउ, आटोमेटिक स्प्रे टंकी, तरकारी खेतीमा अनुदान, बाली संरक्षण सेवा बर्षभरी लगायतको कार्यक्रम हरू गरेर नगर भित्रका कृषक लाई प्रोत्साहित गरिएको बताउदै कोभिड १९ को संक्रमणको समयमा लकडाउनको अवस्थामा समेत कृष्णनगरका कृषक लाई बिउ विजन ल्याउन सहज गराएइएको साथै आफू नगरका किसान लई प्रोत्साहन गर्न सधै तत्पर रहने बताउनुभयो l

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार