सरस्वती माविको ३८ लाख ६१ हजारमा ४ कोठे भवन बन्ने

निर्माण व्यवसायीले समस्यमा नै काम गर्ने निर्देशन : वडा अध्यक्ष खत्री

कोहलपुर ।

कोहलपुर नगरपालिका ८ मा रहेको सरस्वती माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी भवन शिलान्यास गरिएको हो । कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेश बहादुर खत्रीले सो भवनको शिल्यान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा बोल्दै खत्रीले समाज परिवर्तन गर्न शिक्षा अति महत्वपुर्ण, विकास र समृद्धि सम्भव भएको उनको दावी थियो । अध्यक्ष खत्रीका अनुसार आर के कन्ट्रक्सनले ३८ लाख ६१ हजार ४ सय १ रुपैयामा ठेक्का सम्झौता भई काम सुरु हुने बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर खत्री, स्कूल का प्रअ बिसाखर जैसी, एमालेका वड़ा कमिटी अध्यक्ष पहलमान खड्का, हुम बहादुर ओली लगायतको उपस्थित रहेको थियो ।