Kohalpur Today Header Ads

एमाले शिक्षा विभागद्वारा बाँकेका उत्कृष्ट विद्यार्थी, विद्यालय र केन्द्रीय प्रतिनिधिहरूलाई सम्मानित




कोहलपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्तर्गतको शिक्षा तथा माध्यमिक विद्यालय स्रोत विभागले शुक्रबार नेपालगञ्जमा विशेष सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बाँके जिल्लाबाट उच्च उपलब्धि हासिल गर्ने विद्यार्थी, विद्यालय तथा अनेरास्ववियु, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल बौद्धिक परिषद्का केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

LIfe Ok

एमाले शिक्षा विभाग बाँकेका अध्यक्ष सुर्य रोकायको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्था आधारित संगठनहरूबीच समन्वय गरी काम गर्न सके बाँकेको विकास, निर्माण र समृद्धिमा उल्लेखनीय योगदान गर्न सकिने धारणा राखे ।

त्यसैगरी, संविधानसभा सदस्य एवं एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानुनी अधिकार जनतासमक्ष पु¥याउन बौद्धिक वर्गको महत्त्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय लेखा आयोगकी सदस्य विजया धिताल, पार्टी बाँके अध्यक्ष निरक गुरूङ, तथा विभिन्न सम्मानित व्यक्तिहरूले आ–आफ्ना धारणा राखेका थिए।

सम्मान प्राप्त गर्नेहरूमा बालविकास मन्दिर कोहलपुरकी सृजना डि.सी. (४.० जीपीए) र धम्बोजी माध्यमिक विद्यालयकी अदिती यादव (३.९६ जीपीए) बाँके जिल्लाका उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भए ।

निजी विद्यालयतर्फ गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुरले शत प्रतिशत विद्यार्थी पास गराउँदै जिल्लामै प्रथम स्थान हासिल गर्दा सामुदायिक विद्यालयतर्फ आदर्श मावि राँझाले उल्लेखनीय नतिजा ल्याई प्रथम भएको भन्दै सम्मान प्राप्त गरिएको थियो ।

कार्यक्रममा अनेरास्ववियु, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल बौद्धिक परिषद्का विभिन्न केन्द्रीय पदाधिकारीहरू समेत सम्मानित गरिए । कुल १३ जना व्यक्तित्व र संस्थाहरूलाई सम्मान प्रदान गरिएको यो कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता कार्यक्रमहरूले प्रेरणा र नेतृत्व विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार