जिल्ला दुग्ध व्यवसायी संघ बाँकेको अध्यक्षमा भण्डारी र सचिवमा कार्की

कोहलपुर ।

जिल्ला दुग्ध व्यवसायी संघ बाँकेको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा दिपक राज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्षमा चन्द्र रावत, सचिवमा दिपक कार्की, उपसचिवमा कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्षमा टेकराज जोशी निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा बाल कृष्ण चौधरी, चन्द्र प्रकाश जोसी, टेक बहादुर कार्की र चेतनारायण शर्मा चयन भएका हुन् । यस्तै सहल्लाकारमा बदरुदिन अन्सारी रहेका छन् ।