हरिशयनी एकादशी/ तुलसी रोप्ने दिनको आवश्यकता र महत्व




                                                   एकराज शर्मा
हरिशयनी एकादशी हिन्दू धर्ममा विशेष महत्व राख्ने एकादशी हो यो आषाढ शुक्ल एकादशीका दिन पर्दछ जुन विष्णु भगवान् शयन गर्न जानुहुने दिन मानिन्छ यो दिनबाट चतुर्मास सुरु हुन्छ जसको अवधि ४ महिना हुन्छ (आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म) हुन्छ । एकादशीको खास महत्व विष्णु शयनको आरम्भ हुने दिन यसदिन श्रीविष्णु क्षीरसागरमा अनन्त शेष नागमाथि सुत्न जानुहुन्छ । उहाँ निकै गहिरो शैयन गर्नु हुन्छ । शैयन पश्चात् उहाँ एकैपटक कार्तिक शुक्ल एकादशी प्रबोधिनी वा हरिबोधनी एकादशी निद्राबाट ब्युझनु हुन्छ वा उठ्नुहुन्छ ।


आजकै दिनदेखी चतुर्मास सुरु हुने वा आरम्भ हुन्छ । हरिशयनी एकादशीबाट चतुर्मास सुरुहुने भएकाले यो समय साधना, ब्रह्मचर्य, नियम पालन, धार्मिक कार्य र संयमको लागि अति नै उत्तम मानिने दिनपनि हो । विवाह, उपनयन जस्ता शुभ कार्यहरू यस अवधिमा गरिँदैन भने गर्नु खासै उत्तम मानिदैन । यस व्रतको फलका सन्दर्भमा चर्चागर्दा यो एकादशीको व्रतको प्रभावले हजारौं वर्षको यज्ञ र तप गरे सरहको व्रतको फल सरह प्राप्त हुने हिन्दू दर्शनका धार्मिक ग्रन्थहरुमा रहेको र जनविश्वास पनिछ । पितृ उद्धार, पापमोचन रतथा मोक्ष प्राप्तिका लागि अत्यन्त लाभदायक मानिन्छ यो व्रत ।
आजको दिनको व्रत विधि: पूर्वसन्ध्या दशमी र दशमी बेलुका सात्विक भोजन गरी, एकादशीको दिन उपवास सहितको प्रतिज्ञा संकल्प अनिवार्य गर्ने । भोकिपल्ट एकादशीका दिन सबेरै उठी स्नान गरी शुद्ध वस्त्र लगाउने, विष्णु भगवान शालिग्राम वा विष्णुको मूर्तिको पूजा, तुलसी पत्र, पीला फूल, धूप, दीप, चन्दन, प्रसाद र फलफूल पनि अर्पण गर्नु पर्द्छ शुद्दोचरण सहित ब्रह्मचर्य पालन गर्दै दिनभर उपवास

निर्जल वा फलाहारका साथ व्रत बस्नुपर्छ । हरि नाम जप, गीता पाठ, विष्णु सहस्रनाम, एकादशी महात्म्य पाठ गर्ने अनि पाठ गर्न नजान्नेले श्रवण गर्ने । दिनभर भजन, किर्तन, ध्यानमा समय बिताउने र राति जागरण (जति सकिन्छ) गर्ने । भोलिपल्ट द्वादशीका दिन भने विहानै स्नान गरी विष्णु पूजनपछि ब्राह्मणलाई भोजन वस्त्र वा दक्षिणा दिनु पर्द्छ जुन पुण्य कार्य पनि मानिन्छ । व्रत पारण गरि फलाहार वा सात्विक भोजनबाट गर्दै व्रतको महिमा बुझ्नु पर्द्छ । यसका लागि विशेष ध्यान दिनुपर्ने कुराहरु एकादशीको दिन चामल, लसुन, प्याज, मांसाहार, मदिरा, पातलो गफ, झूट, क्रोध, द्वेष जस्ता कुरा त्याग गर्नु शुभ हुन्छ । तुलसीको पात विष्णु पूजा वा प्रसादमा अर्पण गर्नु अनिवार्य हुन्छ । जसरी जस्तो पनि तरिकाले तुलसी रोप्नु राम्रो होइन । तुलसी मोठमा आफै जागेको वा भुईमा उम्रेको तुलसी आजका दिन रोप्नु महापाप हो ।
शर्मा : युवा पन्डित तथा विश्वविद्यालयका प्राध्यापक हुन

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार