काठमाडौँ । भन्सारबाट पहिलो पटक हेलिकप्टर ल्याइएको छ । तातोपानी भन्सारबाट पहिलोपटक आयात भएको ट्रान्स सिल्कका तातोपानी भन्सार प्रमुख अनिरुद्र थापाले बताए ।
उनकाअनुसार माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकप्टर आयात गरेको हो। ‘बाइ रोड कन्टेनरमा ल्याएको हो। हिजो हाम्रो सिमानामा छिरेको हो,’ उनले भने,‘हाम्रो टेरिटोरीमा छिरेको हिजो हो।’
अहिले भन्सारको प्रक्रियामा छ । भन्सार प्रक्रिया पुरा गरेपछि एक/दुई दिनमा उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको छ । उक्त हेलिकप्टरको भन्सार चार करोडभन्दा बढी पर्ने उनको भनाइ छ ।
‘अब ठ्याक्कै कति मूल्य त मैले पनि त्यो प्रज्ञापन पत्र हेरेको छैन,’ उनले भने,‘तर भन्सार टेन्टेटीभली चार करोड प्लस हुन्छ भन्ने सुनेको छु।’
‘नेपालमा पहिलो चोटि सतह मार्गबाट हेलिकप्टर आयात गरेका हौँ । हामीले यो आज भन्सार जाँचपास गर्दै छौँ,’ आयतकर्ता कम्पनी माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले रातोपाटीसँग भने । ‘सम्भवतः नेपालमा पहिलो पटक सतह मार्गबाट हेलिकप्टर आयात भएको हो । यसको लागि र तिर्ने भन्सारबारे छिट्टै जानकारी गराउँछौँ,’ उनले भने ।
भुसालका अनुसार यो एयर बस कम्पनीको हो । यो पर्यटन प्रयोजनकै लागि ल्याइएको हेलिकप्टर हो । चीनमा एयर बस कम्पनीको प्लान्ट तियाजिन सहरमा रहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्