‘मानसिक स्वास्थ्य समस्यालाई स्थानीय पाठ्यक्रममा राख्नुपर्छ’




कोहलपुर ।

बैजनाथ गाउँपालिकामा मानसिक स्वास्थ्य समस्यालाई स्थानीय पाठ्यक्रममा राख्नुपर्ने जोड दिएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवीले स्थानीय पाठ्यक्रममा राख्नुपर्ने जोड दिएका हुन् । बैजनाथ गाउँपालिका र बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल)को आयोजनामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका कार्यपालिकाका सदस्य गुमान बहादुर दमाईले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी तथा जनचेतनामुलक सामग्री स्थानीय पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिएका थिए । ‘अहिले समाजमा मानिसक समस्या तिव्र रुपमा बढेको पाइन्छ, त्यसको न्यूनिकरण गर्नका लागि पनि पाठ्यक्रममा समावेश गर्दा निकै प्रभावकारी हुने थियो’ उनले भने ।

यस्तै जनजागरण आधारभुत विद्यालयका शिक्षक नविन केसीका बालबालिकाहरुमा समेत मानसिक समस्या देखिन थालेको बताए । अहिले मोवाइलमा अनेकौं अनलाइन ग्याम, फेसबुक, टिकटक अन्य गतिविधिहरुको नजिर भएकोले होला उनले भने एकोहोरो हुने, प्रश्न गर्दा अल्मलिने, निद्रामा भएको जस्तो देखिने, क्रियाकलापमा सक्रिय रुपमा भाग नलिने, एकल बस्न रुचाउने र शिक्षकहरुले भनेको नमान्ने अटेरी गर्ने, छिटो रिस उठाउने जस्ता समस्या देखा परेका छन् । यस किसिमका मानसिक समस्याका कारणले बालबालिकाको शैक्षिक क्षेत्रमा प्रगति हुन नसकेको र यो निकै गम्भिर विषय रहेको केसीको भनाई थियो ।

यस्तै महिला स्वास्थ्य सेविका भावना चौधरीले समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु निःशुल्क पाइने भएतापनी समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम नभएको अवस्थामा सर्वसाधरणले सहरमा गएर चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको बताइन् ।

उनका अनुसार मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको छ उनले भनीन् समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग गर्नका लागि स्थानीय पाठ्यक्रममा हुनुपर्नेमा जोड दिएकी थिइन् ।

यस्तै बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) का कार्यकारी निर्देशक कमल गौतमले समुदायमा मानसिक रोगबारे भएका लाञ्छाना तथा विभेदको रोकथाम गर्न र सर्वसाधरणलाई निःशुल्क उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले पाँच वटा मोड्यूल तयार गरीएको बताए ।

उनका अनुसार मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट यथेष्ट प्राथमिकता नभएको अवस्थामा स्थानियतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ पाठ्यक्रममा राख्दा कस्तो होला ? उनले पश्न गरेका थिए । गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने टीपीओ नेपालका कार्यकारी निर्देशक गौतमले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ९ गते सोमबार