कोहलपुरमा मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूूलन दिवस




सुनिसा चन्द, कोहलपुर । कोहलपुर नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूूलन दिवस मनाएको छ ।

कोहलपुर नगरपालिकाको सभाहलमा ‘सभ्य र सुुसंस्कृत समाजको निमार्ण गरौँ जातीय छुुवाछुुत तथा भेदभाव सबै मिली हटाऔँ,’ भन्ने मुल नाराका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मूूलन दिवस बुुधबार मनाएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीको प्रमुख अतिथ्यतामा र कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्माको सभापतित्वमा दिवस मनाइएको थियो ।

सामाजिक विकास समितिका संयोजक विश्वकर्माले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित रहेको बताए । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् । जातीय छुवाछूत कानूनतः दण्डनीय अपराध हो ।

नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको विश्वकर्माको भनाई थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार