रावन विश्वकर्मा,बर्दियाको बाँसगढी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृतको कार्यालय बाँसगढीले प्रमाण पत्र वितरण गरेको हो । बाँसगढी नगरपालिकामा निर्वाचित नगर प्रमुख खडक बहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी, ९ वडाका वडा अध्यक्ष र सदस्यहरूलाई एक कार्यक्रमका बिच निर्वाचन अधिकृत उमाकान्त अधिकारीले प्रमाण पत्र वितरण गर्नुभयो ।
बाँसगढी १ को वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रका जयराज पाण्डे, वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेका अर्जुन खड्का, वडा नम्बर ३ मा माओबादी केन्द्रका रामचन्द्र थारु, वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण प्रसाद बास्तोला, वडा नम्बर ५ मा नेपाली काँग्रेसका दहवा थारु, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र र नेकपा(एकिकृत समाजबादी) को गठबन्धनबाट लाल बहादुर क्षेत्री, वडा नम्बर ७ मा नेपाली काँग्रेसका बलिराम थारु, वडा नम्बर ८ मा नेकपा एमालेका तुल प्रसाद गौतम र वडा नम्बर ९ मा नेपाली काँग्रेसका चन्द्र बहादुर शाही वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ४७ जना निर्वाचित भएका छन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्