काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका छन् । आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गर्न माग गरेका हुन् ।
उनले बजेटभन्दा गणतन्त्रको ओझ ठूलो भएको दाबी समेत गरे । “गणतन्त्र र बजेट दुइटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ । तुलना नै गर्न सकिँदैन,” उनले भने, “संविधानमै लेखिएकाले बाध्यता होला । संशोधन गरियोस् ।”
उनले संविधान संशोधन गर्ने दुई दलबीच सहमति नै भएको भन्दै बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्