कोहलपुर डोजाङ्गलाई प्रथम कोहलपुर खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा भएको प्रथम कोहलपुर खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि कोहलपुर डोजाङ्गले लिएको छ । कोहलपुर डोजाङ्गले ७ वटा स्वर्ण प्राप्त गरी उपाधि लिन सफल भएको हो ।

कृष्ण मावि डोजाङ्गले ६ स्वर्ण प्राप्त गरी द्धितीय हुन सफल भएको हो भने गणेश मावि ढकेरी डोजाङ्गले ५ स्वर्ण प्राप्त गरी तृतीय हुन सफल भएको बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने बताए ।

बाँकेका ३७ वटा डोजाङ्गका ३ सय १४ जनाले प्रतियोगितामा सहभागि भएका थिए ।

यस्तै बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले स्थानिय पालिकाहरुले खेलप्रति देखाएको चासो र चिन्ताप्रति तेक्वान्दो संघलाई थप हौसला प्रदान गरेको बताए ।

स्थापनाकालदेखि हालसम्म कोहलपुर नगरपालिकाले आर्थिक र भौतिक रुपमा सहयोग गर्दै आएको र आगामी दिनमा बाँकेका ८ वटै पालिकाकाले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सबै पालिकाले पुम्से र केरोगिलाई पनि पालिका स्तरीय कपहरुमा विधाको रुपमा राखिदिनुहुन अनुरोध समेत गरे ।

पुम्से र केरोगि एउटा बाँके जिल्ला मात्र नभई नेपाल सहित अन्तराष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल भएको भन्दै यसलाई विद्यालय स्तरबाट नै विद्यार्थीलाई सिकाउन आवश्यकता भएको तेक्वान्द संघका अध्यक्ष लामिछानेले बताए ।

प्रतियोगितामा तौल र उमेर अनुसार २० विधामा प्रतिस्पर्धा भएको थियो तौलमा २८, ३०, ३२, ३४, ३६, ३८, ४०, ४३ र अण्डर १२ र १६ अण्डर उमेर समूहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा मगर, राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नेत्र थापा लगायत सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार