अनर्थक अभिव्यक्तिले फेरी विवादित बनेका बाँकेका प्रमुख जिल्ला अधिकारी जोशी (भिडियाे सहित)




कोहलपुर । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी फेरी विवादमा परेका छन् ।

कोहलपुर नगरपालिका १४ वडामा गत बैशाख २३ गते भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले ‘बाँके जिल्लामा संस्थागत विद्यालयको एउटै ड्रेस बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिलाई लिएर अहिले बाँके जिल्लाका संस्थागत विद्यालयका संगठनहरुले विरोध जनाएका छन् ।

जोशीले ‘बाँके जिल्लामा संस्थागत विद्यालयको एउटै ड्रेस बनाउनुपर्छ’ भन्दै आफ्नो अभिव्यक्ति दिएका थिए ।  ‘सामुदायिक विद्यालयमा त्यहि एउटै निलो सट र कालो पाइन्टले चलिरहेको छ’ उनले भने, ‘पोशाकले गुणस्तरीय हुँदैन ।’ ‘मलाई टाइ गाठो पार्न अहिले पनि आउँदैन, त्यो संस्थागत विद्यालयमा गाठो पारेर गुणस्तर आउने त होइन्,’ उनले भने, ‘रङ्गीविरङ्गी पोशाकले पनि गुणस्तर बृद्धि हुने होइन् ।’ त्यसैले बाँके जिल्ला भरी एउटै ड्रेस बनाउनपर्ने उनको भनाई थियो ।

उता संस्थागत विद्यालयका संगठनहरुले विरोध जनाएका छन् । उनको अभिव्यक्तिलाई अनर्थक भनेका छन् । सो विषयमा ‘कोहलपुर टुडे डटकम’ ले गरेको कुराकानीमा नेशनल प्याब्सन केन्द्रिय सदस्य श्याम कुंवरले संस्थागत विद्यालयको एउटै ड्रेस बनाउने असम्भव रहेको बताए ।
‘संस्थागत विद्यालयहरुले विद्यार्थी बोक्ने बसले हो,’ उनले भने, ‘सबै विद्यार्थीको अनुहार ड्राइभरले पनि चिन्दैन, एउटा स्कुलको विद्यार्थी अर्को स्कुलमा गयो भने त्यसको जिम्मा कस्ले लिन्छ ?’ ‘अर्को क्वालीटि म्यान्टेन ड्रेसले हुँदैन भन्दै विरोध जनाएका थिए ।

यस्तै नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्लले बाँकेमा संस्थागत विद्यालयको एउटै ड्रेस बनाउने विषयमा आफू असहमति जनाएको बताए ।

‘विद्यालयको पहिचान पोशाक हो अर्को ब्राण्ड हो,’ उनले भने ‘त्यो कसैले गुमाउन चाहादैन ।’ सबैको आ आफ्नो पहिचान हुन्छ जसलाई ब्राण्डका रुपमा परिचय दिन चाहान्छ त्यसैले यसमा पूर्ण रुपमा असहमत भएको उनको भनाई थियो ।

यस्तै प्याब्सन बाँकेका अध्यक्ष विकास बजाचार्यले शिक्षा एनेमा सिडियोले नै ड्रेस एउटै बनाउने निर्णय गर्न व्यवस्था गरेको भए उपयोग गर्न बताए ।

शिक्षा ऐन आउँदैछ उनले भने ‘शिक्षा ऐनले संस्थागतको एउटै ड्रेस बनाउने भन्यो भने बनाउँला ।’ उहाँले प्रचारबाजी मात्र खोज्नुभएको हो भने त्यहि अनुसार कुरा गर्ने बर्जाचार्यले बताए ।

यस्तै क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दले संस्थागत विद्यालयको एउटै ड्रेस भन्नु अनर्थक विषय भएको बताए । ‘क्वालिटि ड्रेसमा हुँदैन’ उनले भने ‘ड्रेसमा नै क्वालिटी हुने भएर सामुदायिक विद्यालयको क्वालिटि किन कम हुन्छ ? वर्षौदेखि एउटै ड्रेस छैनन् र ।’

सबैको आ-आफ्नो पहिचान हुन्छ उनले थपे, नेपालका सुरक्षाकर्मीको पनि एउटै ड्रेस हुनुपर्ने, सरकारी सेवामा लागेका व्यक्तिहरुको पनि एउटै ड्रेस हुनुपर्ने तर किन हुँदैन त्यसकारणले एउटै ड्रेस बनाउने विषय आवश्यकता नभएको उनको भनाई थियो ।

भिडियाे  ।

https://www.facebook.com/share/v/1BRFjmvtd7/

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार