कोहलपुर नगरपालिकाको १२औं स्थापना दिवस (फोटो फिचर)




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले १२औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । ‘हरित संगमस्थल हाम्रो सहर, सुन्दर समृद्ध कोहलपुर नगर’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिकाको पिपलचौताराबाट निकालिएको ¥यालीमा पाँच हजार भन्दा बढिको सहभागितामा न्यूरोह हुँदै खुल्ला मैदानका कोण सभा गरेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाले स्थानीय सरकारहरू सङ्घीयताको मेरुदण्ड भएको बताए । सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य र रोजगारीमा कोहलपुर नगरले देखाएको अग्रसरता सराहनीय उनको भनाई थियो । उनका अनुसार कोहलपुरलाई लुम्बिनी प्रदेशको नमूना नगरपालिका बनाउने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत जनाए ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले नगर सरकार गठनपछि नगरवासीको पहुँचमा शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवाहरू सहज रूपमा पुगेको उल्लेख गर्दै आगामी दिनमा महिलामैत्री र बालमैत्री नगर निर्माणमा नगर कार्यपालिकाले अझ प्रभावकारी कार्यक्रम अघि सार्ने बताए ।

उनले कोहलपुर लाई शिक्षा स्वास्थ्य र खेल क्षेत्रको हवका रुपमा विकास गर्न योजनाबद्ध तवरले कामहरू भई रहेको बताए । स्थापना दिवसको प्रमुख उद्देश्य नगरको सेवा प्रवाह, विकास, योजना तथा सामाजिक रूपान्तरणमा स्थानीय सरकारको भूमिकालाई उजागर गर्नु रहेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले नगरको सम्पूर्ण कामहरू पारदर्शी भएको बताइन । सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले नगरमा क्रियाशील ७० भन्दा बढी संस्थाहरूको सहकार्यमा सञ्चालन भएका सामाजिक कार्यक्रमहरूको प्रभावकारिता उल्लेख गर्दै आगामी वर्षलाई समावेशी योजनासँगै ‘एक वडा, एक पहिचान’ अभियान अघि बढाइने जानकारी दिए ।

स्थापना दिवसको पूर्व सन्ध्यामा बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो, जसमा नगरका सम्पूर्ण १५ वडाका वडाध्यक्षहरू, कर्मचारी, सुरक्षाकर्मी, नगरपालिका अन्तर्गतका बिभिन्न शाखा, सामाजिक सङ्घसंस्था, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, प्रहरी प्रमुख र नगरवासीको उत्साहजनक सहभागिता रहेको थियो ।

एसइई र विएलईमा उत्कृष्ट १५ जना सम्मानित

बाँकेको कोहलपुर नगरपालिकाको १२ औं स्थापना दिवसमा सामुदायिक र सस्थागत विद्यालयका उत्कृष्ट १५ जना सम्मानित भएका छन् । कोहलपुर नगरपालिकाले २०८०÷८१ म एसईई र विएलई मा उत्कृष्ट १५ जनालाई सम्मानित गरेको हो ।

एसईईमा सम्मानित हुनेमा सामुदायिकतर्फ त्रिभुवन माविका प्रतिक शर्मा (३.९५ जिपीए), पवन पोख्रेल (३.८३ जिपीए र संस्थागततर्फ पञ्चमुखी ईमी स्कुलका सुमित यादव (३.८६ जिपीए), गोर्खा यूनाईटेड पब्लिक स्कुलका लक्ष्मी घर्ती (३.०९ जिपीए) ल्याएका थिए ।

यस्तै विएईमा सम्मानित हुने सामुदायिक तर्फ त्रिभुवन मावि आशिका थापा ( ३.९६ जिपीए), ज्ञानज्योति मावि चप्परगौडीका मनोज पुन (३.८६ जिपीए), नेरामावि चटारका एलिस वली (३.९३ जिपीए) र त्रिभुवन माविका गुरास चन्द (३.०९ जिपीए) ल्याएका छन् ।

यस्तै विएईमा सम्मानित हुने संस्थागत तर्फ २०८१ मा पञ्चमुखी स्कुलकी बन्दना खड्का (३.९७ जिपीए), ब्रिज इन्टरनेशनलकी रितु लावद (३.९७ जिपीए), बालज्योति माविकी पुनम शर्मा (३.९७ जिपीए) र डाइनामिक माविकी स्नेहा अधिकारी (३.९७ जिपीए) प्राप्त गरेकी छिन् ।

संस्थागत तर्फ २०८० मा गोर्खा यूनाईटेडमा अध्यनरत आभाष खत्री, अभ्यस्त केसी र डाइनामिक माविकी एन्जिला पुन (४ जिपीए) उत्कृष्ट भएका थिए ।

८ जना उत्कृष्ट कर्मचारी सम्मानित

नगरपालिकाले ८ जना उत्कृष्ट कर्मचारी सम्मानित गरेको छ । १२औं स्थापना दिवसको अवसरमा ८ जना उत्कृष्ट कर्मचारी कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले संयुक्त रुपमा ८ जना कर्मचारी उत्कृष्ट कर्मचारी सम्मान गरिएको हो ।

सम्मान हुनेमा स्वास्थ्य अधिकृत अमृत कुमार राना, जिन्सी शाखाका सहायक बखत बहादुर कार्की, वडा नं. ४ का वडा सचिव शशि प्रजापति, नगर प्रहरी हवल्दार यज्ञ तिमिल्सिना, नगर प्रहरी दुर्गा थापा, कार्यालय सहयोगी धन बहादुर कार्की र धु्रबकुमार बस्फोर सम्मानित भएका हुन् ।

यस्तै १२औं स्थापना दिवसको अवसरमा व्यक्तिगततर्फ उत्कृष्ट करदातामा कोहलपुर नगरपालिका ११ भवानी कुमारी खड्का र संस्थागततर्फ लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुर सम्मान गरिएको थियो ।

यस्तै १२औं स्थापना दिवसको अवसरमा समयमा नै गुणस्तरीय काम गरे वाफत निमार्ण व्यवसायीका तर्फबाट बैजनाथ २ का विएलएन कन्स्ट्रक्सन प्रालि सम्मानित भएको हो भने योग प्रशिक्षकको माध्यमबाट स्वस्थ जीवनशैली ज्यूँन सिकाउने योग प्रशिक्षक तारानाथ योगीलाई सम्मान गरिएको थियो ।

यस्तै १२औं स्थापना दिवसको अवसरमा कोहलपुर नगरपालिकाले नगर भित्र विद्यावारिधि गरेका ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा डा. हरि प्रसाद तिवारी, डा. खोपीराम वली, डा. पुस्कर नाथ रिजाल, डा. विष्णु बहादुर केसी र डा. रत्न बहादुर रउलेलाई सम्मान गरिएको थियो ।

यस्तै १२औं स्थापना दिवसको अवसरमा नगरपालिकाले १२ जना महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा संस्था, उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सेवा निवृत्त शिक्षक, खेलकुद क्षेत्रमा योग्दान गरेका भोजराज शाही, छविलाल वली र उत्कृष्ट कृषक र पशुपालक किसानहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख २६ गते शुक्रबार