बैजनाथ गाउँपालिकाद्वारा सहकारीलाई गाडि उपहार (फाेटाे फिचर)

कोहलपुर

बैजनाथ गाउँपालिकाले बजारीकरणका लागि ढुवानी साधन उपलब्ध गराएको छ । गाउँपालिकामा महिलाको नेतृत्व भएको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थालाई गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा र हेफरका कार्यकारी निर्देशक रेग्मीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गर्दै अध्यक्ष मान बहादुर रुचालले हेफर मोडेल अनुसार काम निकै प्रभावकारी भएको बताए । स्थानीय सरकार उत्पादनका क्षेत्र पशुपन्छी, बाख्रापालन तथा तरकारी उत्पादनका क्षेत्रमा स्वरोजगार सृजना गर्ने उदेश्यले सो परियोजना गाउँपालिकामा सञ्चालन भएको रुचालले बताए ।

‘समाज परिवर्तन गर्नाका लागि पहिला आफु बाट परिवर्तनको शुरुवात गर्नुपर्छ, उनले भने, ‘समृद्ध बैजनाथ, खुसी नेपाली’ को अभियान शुरुवात भएको छ ।’ स्थानीय सरकार राज्यका आर्थिक निति मध्य सहकारी संचालन निति अबलम्बन गरिरहेको समेत बताए ।

यस्तै हेफर परियोजनाका कार्यकारी निर्देशक तिर्थराज रेग्मी आर्थिक, सामाजिक र बौद्धिक परिवर्तन गर्नका लागि लगानी गरेको हुन्छौ त्यसको प्रतिफल यस सहकारीले गरेको भन्दै प्रंशसा गरेका थिए । अझै पनि हेफर, ओसीडिसी र गाउँपालिकाको सहयोगमा अन्य कार्यक्रमहरु सञ्चालन गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

यस्तै सहकारीमा १ हजार ५ सय महिला सदस्य आवद्ध रहेका छन् । गाउँपालिकाको ७० प्रतिशत, हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत र उत्पीडित सामुदायिक विकास केन्द्रको ५ प्रतिशत साझेदारीमा सो परियोजना सहकारी मार्फत सञ्चालन भइरहेको छ ।

यस्तै बैजनाथ गाउँपालिका ४ का अध्यक्ष कालीबहादुर सिंह, सहकारीका अध्यक्ष कल्पना थापा, गैर सरकारी महासंघका केन्द्रिय सदस्य धर्मलाल रोकाया लगायतको उपस्थित रहेको थियो ।