१२औं स्थापना दिवस : ८ जना उत्कृष्ट कर्मचारी सम्मानित




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले ८ जना उत्कृष्ट कर्मचारी सम्मानित गरेको छ ।

१२औं स्थापना दिवसको अवसरमा ८ जना उत्कृष्ट कर्मचारी कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले संयुक्त रुपमा ८ जना कर्मचारी उत्कृष्ट कर्मचारी सम्मान गरिएको हो ।

सम्मान हुनेमा स्वास्थ्य अधिकृत अमृत कुमार राना, जिन्सी शाखाका सहायक बखत बहादुर कार्की, वडा नं. ४ का वडा सचिव शशि प्रजापति, नगर प्रहरी हवल्दार यज्ञ तिमिल्सिना, नगर प्रहरी दुर्गा थापा, कार्यालय सहयोगी धन बहादुर कार्की र धु्रबकुमार बस्फोर सम्मानित भएका हुन् ।

१२औं स्थापना दिवसमा लुम्बिनी प्रदेशका जन्मजय तिमिल्सिना रहेके कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदीले आफ्ना कार्यक्रम तथा गरेका कामका बारेमा चर्चा गरेका थिए ।

५ वटा सरकारी कार्यालय, हरित कोहलपुर, लालपूर्जा वितरण लगायत अन्य महत्वपूर्ण काम सफल बनाउन सहयोग पु¥याउने सबै राजनितिक दल, शिक्षक, कर्मचारी लगायत कार्यपालिका सबैलाई हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका भित्र रहेका सबै संघसंस्था, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी लगायत अन्य विभिन्न तहतप्का रहेका व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रम कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृति ढकालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार