कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक (डिएसपी) लक्ष्मी खनालले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
बुधबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी खनाल भनिन्, ‘शान्ति र सुरक्षाका विषयमा कोही कसैसंग सम्झौता हुँदैन ।’ यहाँका व्यापारी, उद्योगी, राजनितिक क्षेत्रमा आवद्ध भएका नेता तथा कार्यकता, समाजसेवी, बुद्धिजीवी, पत्रकार र अन्य आमा समूह लगायत यहाँका सम्पूर्ण क्षेत्रसंगको समन्वय र सहकार्यमा काम गर्ने उनको भनाई थियो ।
लागूऔषध कोहलपुरमा मात्र नभएर नेपालभरीकै समस्या भएकोले यसलाई न्यूनिकरण गर्नका लागि सबै क्षेत्र उत्तिकै गम्भिर भएर लाग्न अनुरोध गर्दै अन्य अपराध अनुसन्धानमा समेत टेवा पुग्ने गरी सहयोग हुने विश्वास लिएको डिएसपी खनालले बताइन् ।
पत्रकारहरुलाई सूचनामैत्री बनाउनका लागि आफू पनि केन्द्रिय समाचार कक्षमा करिब २ वर्ष काम गरेको अनुभवका आधारमा यहाँ पनि सोही अनुसार पत्रकारहरुसंगको समधुर सम्बन्ध हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, सचिव कृष्ण वली, सहसचिव रविन्द्र सिंह ठकुरी, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिव वाग्ले, प्रेस चौतारीका केन्द्रिय सदस्य विष्णु वेल्वासे लगायत कोहलपुरका दर्जन बढि पत्रकारहरुको उपस्थित रहेको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीका अनुसार सूचना मैत्री हुनका लागि अनुरोध गरेका थिए । कुनैपनि घटनाको सूचना दिन मिल्ने वा नमिल्ने पहिचान गरी पत्रकारहरुलाई सूचना सम्प्रेसन गरी सूचनामैत्री बन्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्