कोहलपुर । सौतेलो बुवा निरकनाथ योगी र उनकै आमा यशोदा बुढाको कोठामा मै विभत्र्स हत्या गरेर कुलोमा गाडेको प्रहरीले बताएको छ ।
बालक हराएको आठौं दिनमा प्रहरीले कुहिएको अवस्थामा बैशाख १५ गते (सोमबार) साँझ ५ बजे प्रहरीले फेला पारेको हो । उनीहरुको विचविचमा छोरा कसको हो ? भन्ने विषयमा विवाद हुँदा यशोदा र निरकनाथले नै उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
कुशल कोहलपुर ११ मा रहेको कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत थिए । कुशल केही दिनदेखि विद्यालय समेत गएका थिएनन् । उनले आफ्ना साथीहरुलाई बुवाआमाले किताव र अन्य कपडा किनिदिएकै छैनन् भन्दै गुनासो गरिरहेको खुलेको छ ।
निरकनाथ यशोदाका दोस्रो श्रीमान् हुन् । पहिलो श्रीमान् बाँकेको जानकी गाउँपालिका ३ का थिए । उनको ७ वर्षअघि नै मृत्यु भएको थियो ।
उनीबाट यशोदाले कुशललाई जन्म दिएकी थिइन् । यद्यपी विवाह गरेको कुरा यशोदाले लुकाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यहाँसम्म कि आफूलाई एकल महिला बताएर उनले जानकी गाउँपालिका वडा ३ बाट भत्तासमेत लिँदै आएको भेटिएको छ।
पहिलो श्रीमानको निधन भएपछि यशोदाले दैलेखको दुल्लु नगरपालिका–११ का निरकनाथसँग विवाह गरेकी थिइन् । उनी मजदुरी गर्छन् ।
पहिलो श्रीमानको घरपरिवारलाई मात्रै होइन, अहिलेको श्रीमान निरकनाथसँग पनि यशोदाले आफू विवाहित भएको कुरा लुकाएकी थिइन् । उनीहरू कोहलपुर नगरपालिका ११ हरियाली मार्ग बस्दै आएका थिए ।
यशोदाले कुशललाई कोहलपुर माविमा पढाएकी थिइन् । विद्यालयमा उनले कुशलको बाबुको नाम सन्तोष खनाल लेखाएकी थिइन् । यद्यपि कुशलको बाबु मुस्लिम समुदायका हुन् ।
यसले विद्यालयमा पनि यशोदाले छोराको बारेमा गलत विवरण टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिएका छन् ।
कोहलपुर सरेपछि यशोदा पूर्वपतिको घर फर्किएकी छैनन् । कुशललाई भने इद पर्वमा घर पठाउँथिन् । उनी नेपालगन्जसम्म जान्थिन् । त्यहाँबाट गाडी चढाएर कुशललाई घर पठाएर आफू डेरा फर्किन्थिन् ।
यसपालि पनि इद मनाउन आउनु भनेर यशोदालाई घरबाट खबर आएको थियो। योपटक पनि छोरालाई जानकी गाउँपालिका जाने बस चढाएर आफू फर्किइन् ।
तर यसपटक भने कुशल पनि फर्किएर डेरामा पुगे । उनी डेरामा पुगेपछि कुशल कसको छोरा हो ? भन्ने विषयमै यशोदा र निरकनाथबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘विवादमा निरकनाथले कुशल यशोदाकै छोरा रहेको दाबी गरिरहे, यशोदाले होइन भन्ने अडान लिइरहिन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘त्यसपछि दुवैले कोठामा नै विभत्र्स हत्या गरी कुलोमा गाडेको देखिन्छ ।’
दुई जना मिलेर छोराको हत्या गरेपछि यशोदा आफैले छोरा हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन् । निवेदन दिए पनि उनले त्यति धेरै चासो नदेखाएको अनुसन्धानमै खटिएका प्रहरीले बताए ।
उनीहरूले कुशललाई घरमै हत्या गरी त्यहाँ लगेर शव गाडेको वा त्यहीँ पु¥याएर हत्या गरेको भन्ने विषय अनुसन्धानमै रहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
कुशल मृत भेटिएको खबर पाएपछि उनका हजुरबुवा सरिखत अली शेखले यशोदाविरूद्ध जाहेरी दिएका थिए ।
कुशल बेपत्ता भएको जानकारी यशोदाले घर परिवारलाई पनि दिएकी थिइनन्। कुशलको हत्यामा यशोदा र निरकनाथको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।
यशोदा र निरकनाथ दुवै अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन् । उनीहरूलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले मंगलबार नै अनुमति दिएको थियो ।
विद्यालयकाे विज्ञप्ती
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्