
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा ९ वर्षिया कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको छ । हराएको ८ दिनपछि ९ वर्षिया कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक कुशल बुढा र उनका दोस्रो बुवा र आमा सहित कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ ।
उनका पहिलो बुवा सानो उमेरमा मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसंग दोस्रो विहे गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक पातलीका अनुसार उनका आमा र दोस्रो बुवालाई सोधपुछका लागि इप्रका कोहलपुरमा ल्याइको जानकारी दिए । मृतक कुशल कोहलपुर माविमा अध्ययनरत थिए । थप विस्तृत विवरण आउन बाँकी छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्