१ सय ३५ जनाद्वारा नापतौल जाँच, फागुन ९ गतेसम्म सञ्चालन

समयमै नापतौल यन्त्र दर्ता तथा नविकरण गर्ने अनुरोध : अध्यक्ष पौडेल

कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि गत विहिबारदेखि नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको थियो । सो शिविरमा आज (आइतबार) का दिनसम्म १ सय ३५ जनाले नापतौल गरेका छन् । जसमा लिटर मिटर, काउन्टर तराजु, डिजिटल तराजु नापतौल गरिएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले छिटोभन्दा छिटो नापतौल यन्त्र दर्ता तथा नविकरण गर्नुहुन अनुरोध गरेका छन् । उनका अनुसार नापतौल तथा क्षेत्रीय गुणस्तर कार्यालय नेपालगञ्ज धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कोहलपुरमा नै शिविर सञ्चालन गरेको बताए । शिविरमा संघको सदस्यता प्राप्त गरेका व्यवसायीले समयमै नापतौलका यन्त्र दर्ता, अद्यावधिक तथा नविकरण गरेर शिविरबाट लाभ लिन अध्यक्ष पौडेलले अनुरोध गरेका थिए ।

यस्तै उवासंघका महासचिव मातृका सापकाेटाका अनुसार डिजिटल एवम् म्यानुअल तराजुहरु, ढकहरु सहित सबै प्रकारका यन्त्रहरु नापतौल हुने बताए । फेरी शिविर निश्चत समयका लागि हुने भएकोले समयमा नै लाभ लिन व्यसायीहरुलाई आग्रह गरे ।