काठमाडौँ ।
काभ्रेको रोशी गाउँपालिका–१० पाखाटोलमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । स्थानीय कुमार मगरको घरमा आगलागी हुँदा उनका ९ वर्षीया छोरी समीक्षा र ६ वर्षीय छोरा सक्षम घाइते भएका हुन् ।
आगलागीमा परेका बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टोलीले घाइतेहरूलाई उद्धार गरेर काठमाडौँ पठाएको छ । बाबुआमा बारीमा काम गर्दै गर्दा आगो ताप्ने क्रममा बालबालिका घाइते भएका थिए ।
प्रहरीले आगो निभाएको छ । बालबालिकाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्