राप्तीसोनारीमा भैसी चराउन गएकाे बेला फेरी बाघको आक्रमण




काेहलपुर ।

राप्तीसोनारीमा फेरी भैसी चराउन गएको समयमा बाघको आक्रमण गरेको छ । आइतबार राप्तीसोनारी ७ का ३२ वर्षिया वकिल गड्डीलाई मन्दफवा सामुदायिक वनमा भैसी चराउन गएको बेलामा आक्रमण गरेको थियो ।

यस्तै राप्तीसोनारी गाउँपालिका-७ का वडा अध्यक्ष रामलखन थारुलेका अनुसार बाघको पञ्जाबाट बचाएको बताए ।

उनलाई बाघको आक्रमण भयो भन्ने जानकारी आएपछि तुरुन्तै नजिकैको वनमा भएकोले बाघको आक्रमणबाट छुट्याउन सहज भयो वनको केही मिटर भित्र भएको भए ज्याने जाने उनको भनाई थियो । अहिले गड्डीको घाटीमा प्वालै प्वाल छ । उनलाई नेपालगञ्जमा उपचार गर्न पठाइएकाे छ ।

यस्तै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुका अनुसार प्रतिदिन मानविय क्षति हुनु निकै दु:खकाे विषय भएको बताए ।

राष्ट्रिय निकुन्ज र सिडिओले नियन्त्रणका लागि आउने टोलीलाई पुर्ण रुपमा अधिकार दिई दिर्घकालिन असरको निराकणरण गर्ने उद्देश्य दिएर राप्तीसोनारीमा दिएर मात्र पठाउनुपर्ने उल्लेख गरे । ‘अब बाघलाई नियन्त्रणमा लिनु बाहेक अरु कुनै विकल्प छैन, उता भोली सोमबार चलाउनेको अन्तिम संस्कार हुने भएको छ’ उनले भने ।

शनिबार पनि बाघले राप्तीसोनारी-६ का डाँडा टेपरीका ६० वर्षिया धन बहादुर चलाउनेमाथि आक्रमण गरी ज्यान लिएको थियो । चलाउनेलाई राप्तीपिडित सामुदायिक वनको महुवा खोलामा दाउरा गर्न गएको बाघ आक्रमण गरेको थियो ।

यस अघि, राप्तीसोनारी-६ की ३२ वर्षिया चादनी थारु र ४ का ५६ वर्षिया लिला विष्ट लगायत ५ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार