दाङको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नकिजै प्रेसर कुकुरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ ।
लमही नगरपालिका वडा नम्बर-७ स्थित पदमिनी खोलाको २ समय मिटरको दक्षिणतर्फ सडक छेउमा तारले जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लले जानकारी दिए ।
शंकास्पद वस्तु बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए । ‘नेपाली सेनाका बम डिस्पोजल टोली पुगि डिस्पोज गर्ने तयारी भइरहेको छ,’ उनले भने । अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ । पूर्वपश्चिम राजमार्ग एकतर्फी खुला गरेर सवारी सञ्चालनमा ल्याइएको छ
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्