कोहलपुर न्यू सिटीको बम्पर योजना : ५ महिना भित्र घर बनाउँदा ५० प्रतिशत छुट




कोहलपुर । तीन प्रदेशको केन्द्रविन्दुमा रहेको कोहलपुर न्यू सिटीले बम्पर योजना ल्याएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहदेखि पश्चिम करिब ६ किलोमिटरमा रहेको कोहलपुर न्यू सिटीले ५ महिना भित्र घर बनाउँदा ५० प्रतिशत छुट सहितको नयाँ योजना सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै कोहलपुर डेभलपर्स प्रा.लि.का व्यवस्थापक प्रमुख सुरेश आचार्यले २ तलासम्म घर निर्माण गर्दा त्यसमा लाग्ने सिमेन्ट र ईट्टामा ५० प्रतिशतसम्म छुट दिने बताए ।

उनका अनुसार ग्राहकले घडेरी खरिद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्ट्रेशन राजश्व र घडेरी खरिदको मुल्य ५० प्रतिशत बैंक फाईनान्स सुविधा सहित नयाँ योजना ल्याएको व्यवस्थापक आचार्यले बताए ।

कोहलपुर न्यू सिटीमा ५०० भन्दा माथि पूर्वाधार यूक्त घडेरी विकास भएको र सो क्षेत्रमा करिब १५० घडेरी विक्रि भईसकेको बताए ।

यस्तै कोहलपुर डेभलपर्स प्रा.लि.का इन्जिनियर रविन खड्काले १५ वर्ष पहिलेदेखिको सञ्चालनमा रहेको यस प्रालिले नयाँ वर्षको अवसरमा सौलियत रुपमा सेवा विस्तार गरेको बताए ।

खड्का अनुसार २० विगाह क्षेत्रफलमा फैलिएको कोहलपुर न्यू सिटीले आवासिय सम्पूर्ण सेवा सुविधा सहित यो योजना सार्वजनिक गरेको बताए ।

कोहलपुर न्यू सिटीमा यातायातको लागि बसपार्क, सुरक्षाका लागि प्रहरी विट, खानेपानीको लागि ओभरहेट ट्याङ्कि निर्माण भईसकेको छ भने विरामीको लागि १५ सैय्या अस्पताल निर्माण हुन लागेको इन्जिनियर खड्काले बताए । खड्काले खानेपानी, बसपार्क, हस्पिटल, प्रहरी विटको लागि २२ कठ्ठा जग्गा उपलब्ध गराईसकेको छ ।

यसरी भएको छ डिजाइन ।

प्रकाशित मिति : २०८१ चैत ३० गते आइतबार