सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

काठमाडौं ।
असोज महिनाको अन्तिम दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय र तेजावी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १ सय र तेजावी सुन ९२ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

आइतबार जस्तै सोमबार चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ तोकिएको छ ।