कोहलपुर ।
बैजाथ गाउँपालिका ३ गाभर मा रहेको शिवम् आयल ट्रेडर्सद्वारा व्यवसायी ठगिएको भन्दै आरोप लगाएका छन् । आइतबार जाजरकोट जान लागेको ना ७ अ २५६९ नम्बरको बसमा क्षमताभन्दा बढि डिजेल हालेको थियो ।
सवारी धनी अमन विकका अनुसार अहिलेसम्म बसको क्षमता भनेको १ सय ६० लिटर रहेको बताए । ‘हामीसंग २० लिटर पहिले नै थियो, त्यसकारणले १ सय ४० लिटर जानुपर्ने हो’ उनले भने, ‘तर यहाँ १ सय ६४ लिटर बढि गयो ।’ बस सञ्चालन गरेको लामो समयभो तर अहिलेसम्म यस्तो घटना भएको थिएन यस पेट्रोेल पम्पले खराबी भएको सवारी धनी विकले कोहलपुर टुडेलाई जानकारी दिए ।
यस्तै कोहलपुर टुडेसंग कुराकानी गर्दै शिवम् आयल ट्रेडर्सका सञ्चालक संजय कनौडियाका अनुसार क्षमताभन्दा बढि किन गयो हामीलाई थाहा नभएको बताए । ‘गाडिको ट्याङकी खराव होला’ उनले भने, ‘त्यसको जिम्मेवारी लिन सक्दैनौ ।’ तर आफ्नो पेट्रोल पम्पमा त्रुटी नभएको उनले बताएका थिए ।
यस्तै इन्धन डिपो कार्यालय नेपालगञ्जका प्रमुख दिपक घिमिरेका अनुसार उपभोक्ताहरुलाई ठगेको सो पेट्रोल पम्पलाई अनुगमन गरी कारवाही गर्ने बताए । ‘अहिले १० बजे हामी अनुगमन जान्छौं, उनले भने, ‘त्यो समयमा पेट्रोल पम्पमा नापतौल तथा मिटरमा चेक गछौं ।, त्यसमा त्रुटी भेटियो भने पम्प नै शिल गर्ने उनको भनाई थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्