नगर स्तरीय फुटबल प्रतियोगितामा कोहलपुर १४ वडाको टिम च्याम्पियन




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा भएको नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१ को च्याम्पियन कोहलपुर १४ वडाको टिम भएको छ ।

कोहलपुर नगरपालिका–८ झरकट्टी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर–१३ लाई १–० गोलले हराउँदैँ च्याम्पियन बनेको हो ।

उपाधिसँगै वडा नम्बर–१४ ले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वडा नम्बर–१३ ले भने ३५ हजार रुपैयाँ पुरस्कार प्राप्ता गरेको हो । खेलको पहिलो हाफ ३१ मिनेटमा वडा नम्बर–१४ का जर्सी नम्बर १० एलिस परियारले गोल गरेका थिए ।

परियाको गोल नै निर्णयक बन्यो । वडा नम्बर–१३ को टीमले थुप्रै अवसर पाएपनि गोल गर्न असफल बन्यो । खेल दोस्रो हाफ निकै रोमन्चक बनेको थियो । प्रतियोगिताको बेष्ट गोल किपर छेवान थापा, बेष्ट डिफेन्डर राजसारु मगर र बेष्ट खेलाडी भने युनिस क्षेत्रीले बनेका हुन् ।

कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक प्रतियोगिताको सञ्चालन गरेको हो । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताले धेरै युवा खेलाडीहरुले आफ्नो प्रतिभा प्रस्फुट गर्ने अवसर पाएको बताए।

गोल्डकपमा स्थानीय खेलाडीहरुको सहभागीताको लागि प्रतियोगिता बाट खेलाडी छनोट गर्ने मुख्य उदेश्य रहेको उनको भनाइ थियो ।स्थानीय खेलाडीहरुको प्रोत्साहन गर्न स्थानीय सरकार लागि परेको बताए ।

खेलकुद बाटै कोहलपुरलाई चिनाउन सकिने उपप्रमुख संगिता सुवेदीले बताइन् । उनले खेलकुदबाट युवाहरुलाई सकरात्मक सोचको विकास गर्न र स्वास्थ राख्न मद्दत पुग्ने उनको भनाइ छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २८ गते शुक्रबार