
कोहलपुर । सञ्चारिका समूह बाँकेको २३औं स्थापना दिवसको अवसरमा २०८२ सालको क्यालेण्डर विमोचन गरेको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुुवेदीले सो क्यालेण्डर विमोचन गरेकी थिइन् ।
सञ्चारिका समूहकी महासचिव आशा परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने सञ्चारिका समूहकी अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना अधिकारी, विष्णु वेल्वासे, संगिन शर्मा, रुपा गहतराज, सावित्री गिरी लगायत दुई दर्जन भन्दा बढि पत्रकारहरुको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्