कोहलपुरमा अटोरिक्साको छुट्टियो ३ रुट, चौराहदेखि ४६ स्थानकाे भाडादर कायम (पूर्ण विवरण)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले अटोरिक्साहरुको ३ रुट र चौराहदेखि ४६ स्थानसम्मको भाडादर कायम गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालन भएका करिब २५ सय भन्दा बढि अटोरिक्साहरु रहेका छन् । कोहलपुर नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७९ निर्माण गरेको छ ।

सोही कार्यविधि अनुसार यातायात व्यवसायीहरुले साँझा धारणा तयार गरी अटोरिक्साहरुको भाडादर कायम भएको हो । कोहलपुर नगरपालिकामा उपप्रमुख संगिता सुवेदीको अध्यक्षतामा भएको बैंठकमा भएको छलफलबाट कार्यविधि अनुसार नै भाडादर कायम हुने गरी अटोरिक्साहरु सञ्चालनमा ल्याउन थालनी भएको छ ।

कोहलपुर नगरपालिका भित्रमा अटोरिक्साहरुले गर्दा दुर्घटना हुने भएकोले यसको रोकथामका लागि यो कार्यविधि ल्याएको कोहलपुर नगर प्रमुख पूर्ण आचार्यले बताए । आचार्यका अनुसार अटोरिक्साहरुको व्यवस्थापनका लागि नगर प्रहरीलाई पूर्ण रुपमा कार्यविधि अनुसार कार्यान्वयन गर्ने निर्देशन दिइएको बताए ।

प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले तोकिएभन्दा बढि भाडा लिएको पाइएमा दफा २, ३, ४, ७, ८, १०, ११, १३, १४, १५, १६, १७, १८, १९, २१, २३, २४, २६, २७ र २९ बमोजिम कारवाही हुने बताए । उनका अुनसार जिल्ला ट्राफिकलाई जरिवानाबाट प्राप्त हुने रकम दिइनेछ भने उत्कृष्ट चालक पुरस्कार समेत पाउनेछन् ।

नगरपालिकाबाट सञ्चालनहुने सबै अटोरिक्साहरुमा स्टिकर समेत लगाउनुपर्ने प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए । छलफल कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि ४ यातायात व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने अटोरिक्साचालकहरुको समेत उपस्थिति रहेको थियो ।

रुट र भाडादर कामय भएको स्थानहरु