Kohalpur Today Header Ads

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु




काठमाडौं । अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो।

न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ। उनीहरूको शव निकालिएको छ। हाम्रो समवेदना पीडित परिवारप्रति छ।’

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

घटनास्थलमै चार जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई अस्पताल लगिएपछि मृत्यु प्रहरीले जनाएको छ ।

न्युयोर्क प्रहरीले सामाजिक सञ्जाल एक्समा दुर्घटनाबारे जानकारी दिँदै लेखेको छ, ‘वेस्ट साइड हाईवे र स्प्रिङ स्ट्रिट आसपासको क्षेत्रमा हेलिकोप्टर दुर्घटनाका कारण आपतकालीन सवारीसाधन र ट्राफिकमा ढिलाइको सम्भावना छ।’

न्युयोर्क सिटी फायर डिपार्टमेन्टका अनुसार दिउँसो करीब ३:१५ बजे वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिट नजिक पियर ४० को आसपास हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बेल २०६ मोडेलको हेलिकोप्टर दुर्घटनापछि पल्टिएको देखिन्छ, र केहीबेरमा पूरै पानीमा डुबेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, ‘हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटना निकै भयावह छ। पाइलट, दुई वयस्क र तीन बालबालिकासहित ६ जनाको ज्यान गएको देखिन्छ। दुर्घटनाको भिडियो निकै पीडादायक छ। पीडित परिवारप्रति हाम्रो प्रार्थना छ।’

उनले अमेरिकाका यातायात सचिव सीन डफी र उनकी टिम यस विषयमा सक्रिय रहेको जानकारी पनि दिए।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २८ गते शुक्रबार