कोहलपुरमा भोली विद्युत सप्लाई बन्द हुने




काेहलपुर । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले भोली काेहलपुरमा (शनिबार) विद्युत सप्लाई बन्द गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले शुक्रबार सूचना जारी गर्दै भोली शनिबार टाउन प्लानिङ्ग, सम्पुर्ण बजार क्षेत्र, काेहलपुर सम्पुर्ण पश्चिम तथा दक्षिण क्षेत्रमा विद्युत सप्लाई बन्द हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द कोहलपुरका प्रमुख माधव महतका अनुसार कोहलपुर १३२/३३/११ KV सवस्टेशन रहेको १६.६७ MVA ३३/११ KV को Power Transformer Maintenance कार्य गर्नका लागि भोली काेहलपुर क्षेत्रमा विद्युत सप्लाई बन्द हुने ले जानकारी दिए ।

उनका अनुसार निर्धारित समय भन्दा पहिले नै काम पुरा भएमा विद्युत सप्लाई हुने समेत महतले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन २ गते शुक्रबार