‘रोजेको र खोजेको जस्तो तालिम लिन पाए’




कोहलपुर । नागरिकता बनाउने क्रममा वडाबाट हुने सिफारिसमा धेरै कानूनका विषयमा जानकारी लिएको भन्दै आफूले रोजेको र खोजेको जस्तो तालिम लिन पाएको कोहलपुर नगरपालिका १ वडाका वडा सदस्य गंगा विकले बताए ।

‘विगतका उद्घोषण तथा अन्य तालिमहरु लिने गरेका थियौं’ उनले भने, ‘यसपटक भने निकै प्रभावकारी रुपमा आफ्नो काम र जिम्मेवार सम्बन्धीका विषयबस्तु सिक्न पायौं ।’

नागरिकता सम्बन्धीको सिफारिस दिँदा कहाँ र कुन कुन क्षेत्रबाट पुष्ठी गर्ने बारे जानकारी लिन पायौं उनले थपे, वडामा कार्यवहाकको जिम्मा हुँदा के गर्ने के नगर्ने थाहा पाएकै थिएनौं । दुई दिने तालिम पश्चात अहिले पूर्ण रुपमा जानकार भएको वडा सदस्य विक बताउँछन् ।

तालिमको पहिलो दिन (मंगलबार) मा कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालयका सचिव धोलकराज ढकालले पालिकाबाट हुने सेवा प्रवाह र सुविधाको विषयमा प्रशिक्षण दिएका थिए भने आज (बुधबार) बाँकेका जिल्ला प्रशासन कार्यालयका प्रमुख(सिडियो) धर्मराज जोशीले नागरिकता सम्बन्धी जानकारी, संवैधानिक व्यवस्था, प्रमुख कानून, स्थानिय सिफारिस, ध्यानदिनुपर्ने विषय, आवश्यक कागजात सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रमको समापनमा कोहलपुर नगरपालिकाको उपप्रमुख संगिता सुवेदीले अध्यक्षतामा तालिम सकिएको थियो । सुवेदीले अत्यन्तै महत्वपूर्ण कार्यक्रम रहेको बताइन् । जनप्रतिनिधि र कर्मचारी जानकार नभए सेवा प्रवाहमा कठिनाइ हुने र त्यसको सहजिकरण गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

यस्तै रोजगार शाखा प्रमुख आशिष बर्माले कर्मचारी र जनप्रतिनिधिलाई बेलाबखत कानुनी कुराहरूमा जानकार गराउन पाए थप सहज हुने बताए ।

‘डिजिटल युग रहेकाले कर्मचारीहरूलाई छुट्टै तालिमको खाचो रहेको छ’ उनले भने, ‘कर्मचारी र जनप्रतिनिधि बीच सुमधुर सम्बन्ध रहे जनताका कामहरू सहज रूपमा गर्न मद्दत पुग्छ ।’ आगामी दिनमा समेत तालिम दिने उनको भनाई थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २७ गते बिहीबार