कर्मचारी तथा जनप्रतिनिधिहरुलाई दुई दिने क्षमता विकास तालिम सुरु




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई दुई दिने क्षमता विकास तालिम सुरु गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिममा सुशासन समितिका संयोजक सुनिता विष्टले स्वागत मन्तव्य राखेकी थिइन् ।

तालिममा आचार्यले जनप्रतिनिधि र कर्मचारीहरुले स्थानिय तहबाट प्रवाह हुने सेवा र सुविधाको बारेमा जानकारी लिने र जनताका गुनासा र प्रश्नहरुको समाधान गर्ने क्षमता विकास गर्नका लागि यो तालिम दिइएको बताए ।

पछिल्लो समयमा वडामा कार्यवहाक अध्यक्ष र सहायक सचिव हुँदा समस्या आउने गरेका छन् भने जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिमा प्रभावकारी हुने नगर प्रमुख आचार्यको भनाई थियो ।

यस्तै तालिममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले वडा समिति, ठेक्का प्रक्रिया, सेवा प्रवाह र पालिकाबाट हुने विभिन्न अन्य गतिविधिलाई कामकाज गर्दा सहजता ल्याउनका लागि क्षमता विकास तालिम दिएको बताए ।

यस्तै जिल्ला समन्वय समिति संयोजक सिता कार्की, वडा सदस्य, वडा सचिव, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

तालिमका मुख्य प्रशिक्षक कर्णाली प्रदेशका मुख्मन्त्री कार्यालयका सचिव धोलकराज ढकालले पालिकाबाट हुने विभिन्न गतिविधिहरुलाई कसरी सञ्चालन गर्ने ? स्थानिय सरकारका आवश्यकता, स्थानिय तहका अधिकारका सूची लगायत अन्य सेवा प्रवाह सम्बन्धी प्रभावकारी र गुणस्तरीय रुपमा काम गर्ने विषयलाई जानकारी दिए ।

यस्तै विहिवार (भोली) २७ गते बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले वडा र पालिकाबाट हुने प्रवाह सेवा सुविधालाई कानूनी अनुसार कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण हुने तालिमका सहजिकरण रोजगार शाखाका प्रमुख आशिष गुप्ताले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २५ गते मंगलबार