बैजनाथ गाउँपालिका-१ मा निस्सा वितरण सुरू




बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका १ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई सोमबारबाट निस्सा वितरण गर्न सुरु गरिएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले निस्सा वितरण सुरु गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष शाहीले निस्सा वितरणको काम सम्पन्न भएपछि वडा नम्बर ७ बाट जग्गा नापजाँचको काम सुरु गरिने बताए । शहिद बैजनाथ थारुको सम्मान स्वरुप उहाँ बसोबास गरेको वडा नम्बर ७ बाट नापजाँचको काम सुरु गरिने अध्यक्ष शाहीले जानकारी दिए ।

निस्सा वितरण कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्ल, अन्य जनप्रतिनिधिहरु, कर्मचारी, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो । बैजनाथ गाउँपालिका वडा नम्बर १ भरी कुल १ हजार १ सय ५१ जना भुमीहिन सुकुम्बासी, भुमिहिन दलित र अब्यवस्थित बसोबासी रहेका छन् । यसमध्ये सबैभन्दा बढी अब्यवस्थित बसोबासी ७ सय ६७ घर, भुमिहिन सुकुम्बासी २ सय ६१, भुमीहिन दलित १ सय २३ घर रहेको बताइएको छ ।

निस्सा वितरण कार्यक्रम बैजनाथ गाउँपालिका वडा नम्बर १ को सल्यानी टोलमा चैत २६ गते, मुलपानी टोलमा चैत २७ गते, च्यामा टोलमा २८ गते गरिनेछ । यसैगरी चैत २९ गते मुलाटाटी टोलस्थित शिवमन्दिरमा, चैत ३१ गते करेली बस्ती, बैशाख २ गते आरक्ष टोल र बैशाख ७ गते छुटेका सबैलाई वडा कार्यालयमा वितरण गरिने वडाअध्यक्ष मल्लले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २५ गते मंगलबार