एसइई दिने विद्यार्थीलाई वेस्टर्न स्कुलमा शुभकामना कार्यक्रम




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको वेस्टर्न ईमि सेकेन्डरी स्कुलले शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार बिहिबार विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरुले एसइईमा सहभागी हुने विद्यार्थी लक्षित गरी शुभकामना कार्यक्रम गरिएको हो ।

कक्षा ९ मा अध्ययनरत गौरव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका एमडी कुवेर बस्नेतको प्रमुख अतिथ्यितामा शुभकामना कार्यक्रम गरिएको थियो ।
शुभकामना कार्यक्रममा बोल्दै कुवेर बस्नेतले शिक्षक, अभिभावक र विद्यार्थीहरुले गरेकोे मेहनत र परिश्रमले निकै उर्जा मिलेको छ, जसले यस विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरिरहेको बताए ।

आगामी दिनहरुमा यहाँहरुको अझ थप उर्जा, हौसला, प्रोत्सहान र प्रभावकारी ढङ्गबाट योजना र कार्यक्रमहरु लैजाने योजना छ,’ उनले भने, ‘कक्षा ११ र १२ मा व्यवस्थापन संकाय समेत यसै विद्यालयमा सञ्चालन हुन लागेको छ ।’ शैक्षिक सफलता एउटा विषय हो, त्यो आवश्यक छ तर हाम्रो समाजले खोजेको, यो देशले खोजेको नागरिक बन्ने विषय मुख्य रहेको उनको भनाई थियो ।

विद्यार्थीलाई शुभकामना दिंदै बस्नेतले भने, वेस्टर्नमा पढेका विद्यार्थीमा त्यो गुण छ । हामी सबैले गर्व गर्ने बाटोमा यहाँहरु लाग्नु हुनेछ । यहाँहरुका हरेक पाइलामा वेस्टर्नसंगै हुने विश्वास लिएका छन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले वर्तमानले विगतको भविष्यलाई निर्धारण गरेको बताउँदै विगतजस्तै शत प्रतिशत नतिजा ल्याउन सफल हुनेमा उनको विश्वास थियो । अभिभावकले गरेको भरोसालाई टुट्न नदिन अझै थप कक्षा ११ र १२ व्यवस्थापन संकाय विषय यहि विद्यालयमा हुन लागेको उनको भनाई थियो ।

यस्तै कक्षा १० का प्रशान्त सिग्देल, सरिना शाही, शलोक शाह, दिपेश चौलागाई, प्रशान्त शर्मा, भक्ती प्रसाद ढकाल र विधुसी सुनारले आफ्नो मन्तव्य राख्दै आगामी ११ कक्षामा यहि विद्यालयमा अध्ययन गर्ने लक्ष्यका साथ परिक्षामा सामेल हुने बताएका थिए ।

कार्यक्रममा विद्यालयकी संस्थापिका सुजाता बस्नेत, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थिया भने बालबालिकाहरुले साँस्कृति कार्यक्रम समेत गरेका थिए ।

प्रकाशित मिति : २०८१ फागुन ३० गते शुक्रबार