मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सन्चयकोष विच पुरक सम्झौता पत्रमा हस्ताक्षर




भगवती पोख्रेल, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोष बीच पुरक सम्झौता-पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । आज फाल्गुन २१ गते मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोष बीच योगदानमा आधारित पेन्सन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुरक सम्झौता-पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।

सम्झौता पत्रमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यू र कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक बिरेन्द्र पौडेलज्यूले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन । यस अघि भएको सम्झौतालाई पूर्ण कार्यान्वयन गर्न पुरक सम्झौताको आवश्यकता भए बमोजिम सम्पन्न यस सम्झौताले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूलाई नियमानुसार उचित पेन्सन सुविधा उपलब्ध गराउन प्रतिबद्धता दोहोर्याएका छन् ।

सम्झौतामा पेन्सन कोष व्यवस्थापन, वित्तीय स्थायित्वका लागि बीमांक मूल्यांकन, र आवश्यकता अनुसार पेन्सन योजनामा आवश्यक समायोजन गर्ने व्यवस्था समेटिएको छ ।यस सम्झौताले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूको वित्तीय हित संरक्षण गर्ने, सेवानिवृत्तिपछिको आर्थिक सुरक्षालाई बलियो बनाउने र संस्थागत स्तरमा दीर्घकालीन कल्याणका लागि नयाँ आयाम थप्ने विश्वास छ । कार्यक्रममा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन सह प्रा. डा. लीलाधर तिवारीज्यू, सह-प्रा. डा. अमृत कुमार शर्मा गैरे, कर्मचारी सञ्चय कोषका वरिष्ठ प्रवन्धक ध्रुव प्रसाद तिवारी लगायतको उपस्तिथी रहेको थियो ।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार