कृष्ण कुमार शाही, कोहलपुर ।
वागेश्वरी बहुमुखी क्याम्पसको ३३ औ वार्षिक उत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा भलिबल खेल सप्ताहको अन्तिम दिन छात्रतर्फ ग्र्याजुएट स्कुलअफ म्यानेजमेन्टका भिम बुढाथोकीको समूह विजेता बनेको छ ।

क्याम्पसको ३३ औ वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी खेलमा ग्र्याजुएट स्कुल अफ एजुकेसनका हिरालाल रानाको समूह उपविजेता भएको छ । छात्रातर्फ भने ६ गते ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टकि सुशीला कुमारी थारुको समूह विजेता भएको थियो भने कमला थापाको समूह उपविजेता बनेको खेलकुद उपसमिति संयोजक तोयानाथ पहाडीले जानकारी दिए ।

क्याम्पसको ३३ औ वार्षिक उत्सव कार्यक्रमको अवसरमा आज विहान ७:०९ बजे क्याम्पस परिसरमा बृहत् सरसफाइ कार्यक्रम समेत गरिएको छ । सरसफाइ कार्यक्रम लाई क्याम्पस प्रमुख दान बहादुर हमालले उदघाटन गरेका थिए ।
सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुखहरू खगराज पन्त, रमेशचन्द्र अधिकारी, शिशिर कुमार शर्मा, ग्र्याजुएट स्कुल अफ एजुकेसनका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, एकराज शर्मा, ललित प्रकाश चन्द, नवीन किशोर रत्न, जयकृष्ण न्यौपाने, मीन केसि, बिनोद अधिकारी, बाल कुमार शर्मा, जेन्टिल गौतम लगायत सम्पूर्ण प्राध्यापक, कर्मचारी एवम् स्ववियु विभिन्न संकायका विद्यार्थीहरुको उपस्थिति रहेको ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका विभागीय प्रमुख जिवनसिंह राठौरले जानकारी दिए ।
बिजेता तथा उपविजेता खेलाडीहरु लाई पुरस्कार, प्रमाणपत्र एवम् मेडल ३३ वार्षिक उत्सवका दिन वितरण गरिने हमालले जानकारी दिए । क्याम्पसको ३३ औ वार्षिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको र भोलि ठिक १०:०९ बजे मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमको प्रमुख आतिथ्यता सम्पन्न हुने छ । उक्त कार्यक्रममा सम्पूर्ण सरोकारवाला निकायहरुको उपस्थिति रहनेछ ।

वार्षिक उत्सव कार्यक्रमको अवसरमा भएको भलिबल प्रतियोगितामा छात्र तर्फ ५ समूह र छात्रा तर्फ ४ समूह रहेको प्रचारप्रसार उपसमिति संयोजक एकराज शर्माले जानकारी दिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्