
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा पाँच सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ ।
गत मंगलबारदेखि कोहलपुर नगरपालिकामा आमनागरिकको स्वास्थ्य तथा वातावरणमा समेत पार्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ विद्युतिय सहायताबाट चल्ने सुधारिएको चुलो वितरण गरेको हो ।
‘कम समय, काम दाउरा, कम धुँवा’ बैकल्पिक उर्जा प्रबद्धर्न केन्द्र हरित जलवायु कोष र स्थानिय तहको लागत साझेदारीमा विस्तारित कार्यक्रम अन्र्तगत कोहलपुरका पाँच सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको थियो ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी र वडा नं. ११ की वडा अध्यक्ष कल्पना अधिकारीले सुधारिएको चुलो वितरण गरेकी हुन् ।
पहिलो चरणमा नगरक्षेत्रका अपांगता, जेष्ठ नागरिक, एकल महिला र आर्थिक रुपमा विपन्न परिवारलाई लक्षित गरेर सुधारिएको चुलो वितरण गरिएपनि यसले परिवारका अन्य सदस्यहरुलाई समेत समेट्ने नै उपप्रमुख सुवेदीले बताइन् ।
उनका अनुसार वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र कोहलपुर नगरपालिकाको साझेदारीमा १५ वटै वडामा हाल ३०/३० वटाका दरले ४५० चुलो वितरण गरिएको बताइन् ।
चुलो प्राप्त गर्ने लाभग्राहीले यसको सहि सदुपयोग गर्ने अपेक्षासहित वैकल्पिक उर्जा प्रर्वधन केन्द्रप्रति उपप्रमुख सुवेदीले हार्दिक आभार व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्ष, नगर प्रहरी, वडा कार्यालयका वडा सचिव लगायत नगर प्रमुखका सचिवालयका उमेश शर्मा लगायतको वितरण कार्यक्रममा सहभागि भएका थिए ।
कोहलपुर नगरपालिका वडा नं. ८ र ९ नम्बर वडामा भने चुलो वितरण हुन बाँकी रहेको सचिवालयले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्